एनआईसी एशिया क्यापिटलमा अनलाईन मार्फत नि–शुल्क डिम्याट खाता खोल्न सकिने

Jan 22, 2021 01:21 PM Merolagani

एनआईसी एशिया क्यापिटलले (NICAsiaCapital) “एन आई सी एशिया अनलाईन डिम्याट” सेवा संचालन गरेको छ ।अनलाईन मार्फत डिम्याट खाता खोल्ने सर्वसाधारणहरुलाई साे सेवा माघ मसान्तसम्म नि–शुल्क उपलब्ध गराइने भएकाे हाे ।

क्यापिटलले पछिल्लो समयमा डिम्याट खाता खोल्ने सर्वसाधारणहरुको संख्या बढ्दो क्रममा रहेको र डिम्याट खाता प्राप्त गर्न लामो समय लाग्ने भन्ने आम जनगुनासो बारम्बार आईरहेको हुँदा सर्वसाधारणहरुलाई प्रविधिको प्रयोग मार्फत तुरुन्त डिम्याट खाता नम्बर उपलब्ध गराउने प्रमुख उद्देश्यका साथ साे सेवा संचालन गरेकाे हाे ।

हाललाई यो सेवा काठमाण्डौं उपत्यका भित्र मात्र उपलब्ध हुनेछ । साथै निकट भविष्यमा काठमाण्डौं उपत्यका बाहिरबाट समेत अनलाईन मार्फत डिम्याट खाता खोल्न मिल्ने व्यवस्था मिलाइने क्यापिटलले जानकारी दिएकाे छ ।

अनलाईन मार्फत डिम्याट खाता खोल्नको लागि एन आई सी एशिया क्यापिटलको www.nicasiacapital.com वा सोझै https://onlinedemat.nicasiacapital.com/#/ र मा क्लिक गरि विवरण भरेपछि उक्त विवरण सफलतापूर्वक पेश भएको १ घण्टा भित्र डिम्याट खाता नम्बर उपलब्ध गराईने सम्बन्धित सबैमा जानकारी गराईनेछ। साथै उक्त सुविधा आइतबार देखि बिहीबार सम्म दिनको ४ बजे र शुक्रबार दिनको १ बजेसम्म उपलब्ध हुनेछ ।

हाल क्यापिटलले आम जनता माझ डिम्याट खाताको पहुच बढाउन विभिन्न कार्यक्रम संचालन गरि “एक नेपाली, एक डिम्याट” अभियान संचालन गरिरहेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।