राष्ट्रिय वाणिज्य बैंकबाट बुझाइने सरकारको राजस्व संकलन अब वालेटबाटै

Jan 22, 2021 03:23 PM Merolagani

राष्ट्रिय वाणिज्य बैंकले (RBB) आज नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) तथा आईएमईपे, खल्ती, प्रभुपे र नेपाल पेटाइम लगायतका विभिन्न भुक्तानी सेवा प्रदायकहरू (पीएसपीहरू) सँग छुट्टाछुट्टै तीन–पक्षीय सम्झौता गरेको छ ।

यसले वालेटका ग्राहकहरुलाई सोझै आफ्नो वालेटबाट राष्ट्रिय वाणिज्य बैंकले संकलन गर्दै आएको सम्बन्धित राजस्व खातामा एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी भुक्तानी गर्न सक्नेछन ।

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका उप कार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, एनसीएचएलका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, खल्तीका प्रोडक्ट डेभलपमेण्ट प्रबन्धक अनमोल रटेरिया, आईएमई डिजिटल सोल्युसन लिमिटेडका व्यवसाय विकास प्रमुख अमोद भट्टराई, प्रभु पेका अध्यक्ष कुसुम लामा र नेपाल पेटाईमका प्रमुख सञ्चालन अधिकृत मल्लिका भट्टराइले हस्ताक्षर गरेका छन् ।

महालेखा नियन्त्रक कार्यालयद्वारा हालै जारी गरिएको निर्देशन अनुसार पीएसपीहरु मार्फत् पनि सरकारी राजस्व संकलन गर्न अनुमति प्रदान गरिएको हो र आजको यस राष्ट्रिय वाणिज्य बैंक, एनसीएचएल र विभिन्न पीएसपीहरु बीचको सहकार्यले सरकारी राजस्व भुक्तानीका लागि पनि अन्तरआबद्धता स्थापित गरेको छ । यसले सरकारको डिजिटलाईजेसनको पहललाई थप टेवा पुर्याउँदै राजस्व संकलन विद्युतिय माध्यमबाट गर्न थप प्रवर्धन गर्ने विश्वास गरिएको छ

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।