यस सामाजिक पहल अन्तर्गत एनसेलले कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा ल्याण्डस्केपिङ सहित हरियाली क्षेत्रकाे निर्माण र संरक्षणको काम गरिहेको छ । यसै पहल अन्तर्गत एनसेलले एकान्तकुनादेखि बल्खु सडक खण्डका ग्रीन बेल्ट क्षेत्रमा नमुनाका रुपमा हरियाली निर्माण गर्ने कार्य सम्पन्न गरिसकेको छ ।
यस ग्रीन बेल्ट क्षेत्रलाई एक उदाहरणीय हरित क्षेत्रको रुपमा विकास गरी यस क्षेत्रको संरक्षण गर्ने उद्देश्य एनसेलले लिएको छ । यस अघि एनसेलले कोटेश्वर देखि कलंकी सडक खण्डमा वृक्षारोणका लागि पनि सहयोग गरेको थियो । हरियाली विकासका साथै एनसेलले पाँच वर्षसम्म यो खण्डमा रहेका ६,००० भन्दा बढि रुख बिरुवाको हेरचाह गर्दै ग्रीन बेल्टको संरक्षणको काम पनि गर्नेछ ।
वातावरण संरक्षण पहल अन्तर्गत नै रही एनसेलले काठमाडौं महानगरपालिकामा एक हरित पार्क पनि निर्माण गर्दैछ ।