यस्तै संक्रमण देखिनेहरुमा काठमाडौं उपत्यकाका ११२ जना रहेका छन् । काठमाडौंका ९० जना, ललितपुरका १३ जना र भक्तपुरका ९ जना थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटमा उल्लेख गरिए अनुसार २४ घण्टामा सात जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म ज्यान गुमाउने संक्रमितको कुल संख्या एक हजार ९८ रहेको छ ।
यस्तै सोहि अवधिमा कोरोनामुक्त हुने ४८० जना रहेको पनि मन्त्रालयले जनाएको छ । नेपालमा कोभिड १९ संक्रमण जित्नेको कुल संख्या दुई लाख ६३ हजार ३४८ पुगेको छ ।
हाल संक्रमण सक्रिय हुनेहरु तीन हजार ६१४ जना, संस्थागत आइसोलेसनमा हुने ८७९ जना र क्वारेन्टिनमा १५८ जना रहेका छन् । हालसम्म देशभरमा संक्रमित हुनेको कुल संख्या दुई लाख ६८ हजार ९४८ र नमुना परिक्षणकाे कुल संख्या २० लाख ३५ हजार ३०१ पुगेको पनि मन्त्रालयको विवरण लेखिएको छ ।