बिभाजित नेकपाका दुबै समूहले बैंकले रोक्का गरेको खाता खोल्न कर्मचारीलाई दबाब दिँदै

Jan 24, 2021 06:15 PM Merolagani

विष्णु बेल्वासे

बिभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुबै समूहले बैंकले रोक्का राखेको खाता खोल्न बैंकका कर्मचारीलाई दबाब दिन थालेका छन् ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधीसभा विघटन गरी निर्वाचनमा जाने घोषणा गरेसँगै विधिवत रुपमा नेकपा दुई समूहमा बिभाजन भएको छ। नेकपाका अर्को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’ र नेता माधव नेपाल समूहले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनका बिरुद्धमा उभिएपछि पार्टी दुई समूहमा बिभाजन भएको हाे ।

नेकपा ओली समूह र प्रचण्ड–नेपाल समूह बिभाजित भएपछि पार्टीको नाममा रहेका बैंकका खाता कसले सञ्चालन गर्ने भन्ने बिषयमा विवाद उत्पन्न भएको छ । दुवै समूहले नेकपा आफूहरु नै भएको दाबी गर्दै पार्टीको खाता सञ्चालन गर्न पाउनु पर्ने माग गर्दै बैंकलाई पत्राचार गरेका छन् । तर बैंकहरुले भने आधिकारी रुपमा कुन पार्टी नेकपा हो भन्ने पहिचान नहुँदासम्म बैंक खाता रोक्का राख्ने निर्णय गरेका छन् ।

त्यसपछि पनि नेकपाका दुबै समूहले बैंकका उच्च अधिकारीहरुलाई बैंकको खाता सञ्चालन  गर्न आफूहरुले पाउनु पर्ने माग गर्दै दबाब दिँदै आएका छन् । तर बैंकका कर्मचारी भने आधिकारीक रुपमा नेकपा कुन समूह हो भन्ने पहिचान नभएका कारण बैंक खाता खोल्ने पक्षमा नभएको बताउँछन् ।

एक समूहले अर्को समूहलाई आंशकाको दृष्टिकोणले हेर्दै

नेकपा विभाजित भएपछि एक समूहले अर्को समूहलाई बैंकबाट रकम झिक्ने हो भन्ने आंशकाले हेर्दै आएकाे छ । त्यही आंशकाले एक समूहले बैंकको खाता रोक्का राख्न आग्रह गरेको पत्र पठाउने निर्णय गरेसँगै अर्को समूहले पनि बैंकमा पत्र पठाउने काम गरेकाे छ।

पार्टीको आधिकारीताको बिबाद टुगोंमा नलागेसम्म बैंक खाता नखोल्न आग्रह गर्दै दुबै समूहले बैंकलाई पत्राचार गरेका छन् । पुस ५ गते विभाजित भएको नेकपा बिभाजन भएको हप्ता दिन भित्र दुबै समूहले बैंकको खाता रोक्का राख्न बैंकलाई पत्राचार गरिसकेका बैंकका एक कर्मचारीले मेरो लगानीलाई बताए । ‘एउटा समूहले पुस १२ गते र अर्को समूहले पनि त्यही नै दिन खाता रोक्का राख्न पत्राचार गरेका छन्,’ ती कर्मचारीले भने, ‘आधिकारी रूपमा बिबाद नसकिएसम्म बैंक खाता खुला गर्न सकिदैन् ।’

नाम कम्युनिष्ट तर पार्टी र नेता चाँहि ‘कुबेर’

पार्टीको नाम चाँहि कम्युनिष्ट पार्टी तर तिनका नेता तथा पार्टीसँग भएको धन सम्पती अथाहा रहेको छ । केही अर्थविद्हरुले त नाम कम्युनिष्ट तर पार्टी र त्यसका नेता चाँहि ‘कुबेर’ भएको टिप्पणी गर्ने गरेका छन् ।

तर दुबै पक्षका केही नेतालाई बाहेक पार्टीको बैंक खातामा कति रकम छ भन्ने थाहा नभएको बताउँछन् । पार्टी एक भएपनि बैंक खाता भने पूर्व एमालेको एउटा र पूर्व माओवादीको अर्को छ ।

पूर्व माओवादीको बैंक खातामा भन्दा पूर्व एमालेको खातामा बढी भएको बताइन्छ । एउटा पक्षलाई अर्को पक्षको बैंक खातामा रहेको रकमबारे जानकारी नै नभएको नेकपा ओली समूहका एक केन्द्रीय सदस्यले बताए ।

‘एक समूहलाई अर्कोको खातामा रकम कति छ भन्ने नै थाहा छैन्,’ उनले भने, ‘दुबै समूहका अध्यक्ष (ओली र प्रचण्ड–नेपाल) लगायत केही नेतालाई मात्रै बैंकमा कति रकम छ भन्ने थाहा होला अरुलाई थाहा छैन्, बैंकले पनि खाता सञ्चालकलाई भन्दा अरुलाई रकमका बारेमा जानकारी नदिने भएकाले पनि बैंकमा कति रकम छ भन्ने बारेमा थाहा हुन सकेको छैन् ।’

पार्टी एक भएपनि खाता भने दुई फरक फरक–फरक सञ्चालनमा

पूर्व एमाले र पूर्व माओवादी एक भएको घोषणा गरिएपछि बैंक खाता भने अलग अलग सञ्चालन हुँदै आएका छन् । माओवादी केन्द्रका नाममा सञ्चालित अधिकांश खाताहरु प्रचण्ड–माधव नेपाल पक्षमा छन् ।

पूर्व माओवादीका खाताहरु आर्थिक विभाग प्रमुख हरिबोल गजुरेल, तात्कालिक कार्यालय सचिव प्रह्लाद बुढाथोकी र लेखापाल एविन्द्र पराजुलीमध्ये दुई जनाको हस्ताक्षरबाट कारोबार हुने गरेको छ ।

त्यस्तै, एमालेको नाममा रहेका खातामा तात्कालिक आर्थिक विभाग प्रमुख विष्णु रिमाल, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ र लेखापाल खेमराज पौडेलमध्ये दुई जनाको हस्ताक्षरबाट कारोबार हुने गरेको छ ।

दुबै समूहका उच्च एक दुई नेता र खाता सञ्चालकलाई बाहेक अरुलाई बैंक खातामा कति रकम छ भन्ने जानकारी नभएको बताइन्छ ।

पेरिस डाँडाको खर्च धुम्बराहीले र धुम्बराहीमा भएको खर्च पेरिस डाँडाले तिर्दैन

पूर्व माओवादीको कार्यालय रहेको पेरिस डाँडाको खर्च धुम्बराहीले नतिर्ने र धुम्बराहीमा भएको खर्च पेरिस डाँडाले पहिल्लैदेखि तिर्ने प्रचलन नभएको रही आएको छ ।

झन्डै तीन वर्षसम्म एउटै पार्टी भएर काम गरेपछि एकातिरको खर्च अर्कोले नतिर्ने चलन चल्दै आएको प्रचण्ड– नेपाल समूहका एक केन्द्रीय सदस्यले बताए ।

पार्टीको आम्दानीको मुख्य स्रोतको रुपमा सांसदहरुले बुझाउने लेभी, राजनीतिक नियुक्ति पाएका व्यक्तिले बुझाउने रकम, चन्दाबाट हुने रकम नै हो । पूर्व एमालेका सांसदको लेभी नबिल बैंकमा र पूर्व माओवादीका सांसदको एभरेष्ट बैंकमा लेभी जम्मा हुने गरेको छ । सांसदहरुले १२ देखि १३ हजारसम्म लेभी बुझाउँदै आएका छन् ।

यसरी आएको रकम बैंक खातामा जम्मा हुने र त्यहीबाट पार्टीका उच्च नेताको खाजा, खाना, यातायातका लागि खर्च गरिने गरेको छ ।

पूर्व एमाले र पूर्व माओवादीका केन्द्रीय कार्यालयका मात्रै डेढ दर्जन बैंकमा खाताहरू सञ्चालनमा छन् । त्यसबाहेक विभिन्न जनवर्गीय सगंठन, प्रदेश र जिल्ला समितिका समेत अलगअलग बैंक खाताहरु भएकाले पनि ती खातामा कति रकम छ भन्ने अनुमान गर्न कठिन हुने गरेको दुबै समूहका नेताहरु बताउँछन् ।

नेकपा विभाजित भएपछि बैंक खाताको रकम मात्र होइन, अचल सम्पती पनि कसले हडप्ने भन्ने दाउँमा दुबै समूह देखिएका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहले पुरानो माओवादीको पार्टी कार्यालय पेरिस डाँडाबाट पार्टीको काम गर्दै सञ्चालन गर्दै आएको छ ।

ओली समूहले सञ्चालन गर्दै आएको उत्ता धुम्बराहीको पार्टी कार्यालयमा ताल्चा लगाइएको छ भने पूर्व एमालेको बल्खुको पार्टी कार्यालय दुबै थरीले आफ्नो भएको दावी गर्दै आएका छन् । जिल्लामा रहेका पार्टी कार्यालय भने दुबै समूहले आफ्नो भएको भन्दै दावी गर्दै ताल्चा लगाउने काम गर्दै आएका छन् । पछिल्लो समय दुबै समूहबीच बैंकमा रहेको नगद र अचल सम्पत्तीका बिषयमा बिबाद बढ्दै गएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।