शिवश्री हाइड्रो पावरकाे माथिल्लो चाकु ‘ए’ बाट २२.२ मेगावाट थपिँदै

Jan 24, 2021 09:08 AM Merolagani

माथिल्लो चाकु ‘ए’ आयोजनाबाट २२.२ मेगावाट बिजुली थपिने भएको छ । उक्त आयोजनाले बिजुली उत्पादन गर्नका लागि यही २२ गतेदेखि परीक्षण उत्पादन थाल्ने भएको हो ।

अहिले उपकरणहरु परीक्षण गरिरहेको आयोजनाले आगामी शुक्रबारदेखि पानी भर्ने र परीक्षण थाल्ने भएको छ । १५ दिनको परीक्षण उत्पादनपछि व्यावसायिक उत्पादन थाल्ने आयोजनाले जनाएको छ ।

आयोजनाबाट उत्पादित बिजुली लामोसाँघु सवस्टेशनमा जोडिने भएको छ । उक्त सबस्टेसनसम्म आवश्यक २२ किलो मिटर प्रसारण लाइन कम्पनीले निर्माण गरेको हो ।

सिन्धुपाल्चोकमा रहेको उक्त आयोजना शिवश्री हाइड्रो पावर कम्पनीले निर्माण सुरु गरेको हो । २०६९ बाट निर्माण सुरु भएको उक्त आयोजना बाढी पहिरोले आयोजनाका उपकरण बगाउनुका साथै मानवीय क्षति समेत पुर्याएको थियो ।

२०७२ सालमा आएको विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी र बाढी पहिरोका कारण बिजुली उत्पादन निर्धारित समयभन्दा केही ढिला हुन गएको कम्पनीले जनाएका छ ।

 

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।