सातामा ८८ अंक बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक सबैभन्दा धेरै बढ्यो?

Jan 23, 2021 02:01 PM Merolagani

यस साता नेप्से परिसूचक ८८ अंक बढेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन २२८६.५४ विन्दुमा बन्द भएको नेप्से, यस साता ८८.१० अंक अर्थात ३.८५ प्रतिशत बढेर २३७४.६४ विन्दुमा बन्द भएको हो।

यस साता पाँच कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से उकालो लागेको छ। एक कारोबार दिन भने नेप्सेमा सामान्य करेक्सन देखिएको थियो। यस साताको मंगलबार नेप्से साढे ५ अंक घटेको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स १०.३४ अंक बढेको छ।

नेप्से र सेन्सेटिभ इण्डेक्ससँगै यस साता कारोबार रकममा पनि वृद्धि भएको छ। गत साता २२ अर्ब ७४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा यस साता ५० प्रतिशत बढी अर्थात ३४ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

त्यसैगरी यस साता नेप्सेको कूल बजार पूँजीकरण पनि बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३० खर्ब ७९ अर्ब रुपैयाँ रहेको पूँजीकरण यस साता ३१ खर्ब ८९ अर्ब पुगेको छ।

यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक १७.७४ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन २५२०.३४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ४४७.१८ अंक बढेर २९६७.५२ विन्दुमा पुगेको छ।

त्यसैगरी, अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक बढेको छ। गत साता १४ हजार ६५३.०१ विन्दुमा बन्द भएको जीवन बीमा उपसमूहको परिसूचक यस साता २ हजार १२९.९६ अंक बढेर १६ हजार ७८२.९७ विन्दुमा पुगेको छ। अर्थात यस साता सो उपसमूहको परिसूचक १४.५४ प्रतिशत बढेको हो।

कारोबारमा आएका दुई उपसमूहका परिसूचक भने यस साता घटेका छ। यस साता उत्पादन तथा प्रशोधन उपसमूह र बैंकिङ्ग उपसमूहको परिसूचक घटेको हो।

बजार पूँजीकरणका आधारमा यस साता पनि नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ। साताको अन्तिम कारोबार दिन शेयरमूल्य ८ रुपैयाँ बढेसँगै यस कम्पनीको कुल बजार पूँजीकरण २० अर्ब १० करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, यस साता दोस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको पूँजीकरण १५ अर्ब ९८ करोड रुपैयाँ रहेको छ भने तेस्रो स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको १५ अर्ब १५ करोड रुपैयाँ रहेको छ।

कुल बजार पूँजीकरणमा सबैभन्दा धेरै पूँजीकरण भएका शीर्ष १० कम्पनीहरुको हिस्सा ३६.३५ प्रतिशत रहेको छ।

यस साता लक्ष्मी इक्विटी फण्ड, युनिलिभर नेपाल, एनएमबी हाइब्रिड फण्ड एल १ लगायतका कम्पनी मोस्टक पपुलर बाइ स्टकको सूचीमा शीर्ष स्थानमा परेका छन्। त्यसैगरी, साताको मोस्ट पपुलर सेल स्टकको सूचीमा राधी विद्युत कम्पनी, स्वाभिमान लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक परेका छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।