लक्ष्मी लघुवित्तको अधिकांश सूचकमा सुधार

Jan 24, 2021 05:55 AM Merolagani

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (LLBS) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा सुधार देखिएको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ९ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.५१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेसँगै सञ्चालन मुनाफा बढेपछि लघुवित्तको खुद नाफा बढ्न टेवा पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २२.८९ प्रतिशत बढेर २२ करोड ३९ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा २७.८९ प्रतिशत बढेर १४ करोड २१ लाख रुपैयाँ पुगेको छ।

३२ करोड ४५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २८ करोड ३३ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तको चुक्ता पूँजी २७ करोड ८३ लाख रुपैयाँ थियो भने जगेडा कोषमा २४ करोड ७५ लाख रुपैयाँ थियो।

पुस मसान्तसम्ममा लघुवित्तले १ अर्ब ८७ करोड ८६ लाख रुपैयाँ तथा ३ अर्ब २९ करोड २३ लाख रुपैयाँ सापटीबाट कुल ५ अर्ब ५० करोड २४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। लघुवित्तको निक्षेप गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.५२ प्रतिशत बढेको हो भने कर्जा २७.१० प्रतिशत बढेको हो।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा उल्लेख्य बढेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनामा १.५५ प्रतिशत रहेको लघुवित्तको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ४.४२ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ३ करोड ७२ लाख रुपैयाँ छुट्याएको छ।

पुस मसान्तसम्ममा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ५६ रुपैयाँ ४९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ २८ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात २६ रुपैयाँ ३८ पैसा रहेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।