आज टि प्लस टु लागु हुने, कसले के गर्नुपर्छ?

Jan 24, 2021 09:18 AM Merolagani

आज (माघ ११ गते) देखि शेयर कारोबारमा टि प्लस टु लागु हुने भएको छ। अर्थात आजदेखि कारोबारको राफसाफ तथा फछर्यौट कारोबार भएको दिन बाहेक २ कार्य दिन भित्र हुनेछ।

अब धितोपत्र बिक्री कारोबार गर्ने लगानीकर्ताले आफुले बिक्री गरेको धितोपत्रको राफसाफ तथा फछर्यौछका लागि ईडिआईएस जारी गर्दा टि प्लस १ अर्थात कारोबार भएको भोलिपल्ट भित्रमा जारी गरिसक्नु पर्नेछ। ईडिआइएस जारी गर्न नसक्ने लगानीकर्ताले टि प्लस १ भित्र भौतिक निर्देशन पूर्जी जारी गरि सम्बन्धित निक्षेप सदस्य (डिपी) मा बुझाउनु पर्नेछ।

त्यसैगरी, धितोपत्र खरिद गरेका लगानीकर्ताहरुले आफुले खरिद गरेको धितोपत्रको रकम सम्बन्धित राफसाफ सदस्यलाई टि प्लस १ अर्थात कारोबार भएको मितिको भोलिपल्ट बुझाउनु पर्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।