नेपाल एग्रोको नाफालाई ‘राइट ब्याक’ को टेवा

Jan 24, 2021 10:26 AM Merolagani

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड (NAGRO) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको सञ्चालन मुनाफा ऋणात्मक रहेको छ भने खुद नाफा बढेको छ।

पुस मसान्तसम्ममा लघुवित्तले १ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२३.४२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ६४ लाख १५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

लघुवित्तको सञ्चालन मुनाफा ऋणात्मक भएपनि ‘राइट ब्याक’ का कारण लघुवित्तको खुद नाफा बढेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३७.१७ प्रतिशत बढेर ३ करोड १ लाख ३८ हजार रुपैयाँ पुगेको छ। त्यसैगरी, गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ६६ लाख रुपैयाँ रहेको लघुवित्तको सञ्चालन मुनाफा यस आवको सोही अवधिसम्ममा ४ करोड ८० लाख रुपैयाँ ऋणात्मक भएको छ।

सम्भावित जोखिम बापतको व्यवस्थामा उल्लेख्य रकम छुट्याएका कारण खुद ब्याज आम्दानी बढेपनि सञ्चालन मुनाफा ऋणात्मक हुन पुगेको हो। सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ६ करोड ८९ लाख रुपैयाँ छुट्याएको छ।

५ करोड ७२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३ करोड ७७ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तको जगेडा कोषमा १ करोड ५८ लाख रुपैयाँ सञ्चित थियो।

सो अवधिसम्ममा लघवित्तले २८ करोड ६७ लाख रुपैयाँ निक्षेप र ७५ करोड ९ लाख रुपैयाँ सापटीबाट ८८ करोड ३९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको २३ करोड ३ लाख रुपैयाँ निक्षेप र ५७ करोड ६५ लाख रुपैयाँ सापटीबाट ६९ करोड ६५ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १.३३ प्रतिशतबाट बढेर १.९० प्रतिशत पुगेको छ। सोही कारण लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याएको हो।

सो अवधिसम्ममा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ५० रुपैयाँ ८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ६ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात १४.३८ गुणा रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।