एनआरएन इन्फ्रास्टक्चरले प्रस्तावित प्रुडेन्सीयल रि–इन्स्योरेन्समा लगानी गर्ने

Jan 24, 2021 11:09 AM Merolagani

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) ले प्रस्तावित प्रुडेन्सीयल रि–इन्स्योरेन्स कम्पनीमा लगानी गर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको माघ ८ गते बसेको बैठकले प्रस्तावित प्रुडेन्सीयल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडमा लगानी गर्ने निर्णय गरेको हो।

कम्पनीले प्रस्तावित प्रुडेन्सीयल रि–इन्स्योरेन्समा संस्थापक शेयरधनी भई १५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हाे।

यस्तै, प्रस्तावित प्रुडेन्सीयल रि–इन्स्योरेन्स कम्पनी स्थापना गर्दा कम्पनीको तर्फबाट प्रतिनिधित्व गर्न लगायत कम्पनीको तर्फबाट हस्ताक्षर लगायत आवश्यक कार्य गर्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत उषा खतिवडालाई सम्पूर्ण अख्तियारी दिने समेत निर्णय गरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।