गोर्खाज फाइनान्सको नाफा १७८ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ताे?

Jan 24, 2021 11:18 AM Merolagani

गोर्खाज फाइनान्स (GUFL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १७८ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ। फाइनान्सले पुस मसान्तसम्ममा १७ करोड ३ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको यसै अवधिमा फाइनान्सले ६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

फाइनान्सको ब्याज आम्दानी घटेपनि अन्य सञ्चालन आम्दानी बढ्दा खुद नाफा बढेको हो। 

दोस्रो त्रैमाससम्म्मा फाइनान्सले १३ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको तुलनामा ३ करोड ५५ लाख कम हो। गत वर्षको यर्सै अवधिमा उसले १७ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

यस अवधिमा फाइनान्सले १४ करोड ३० लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको छ। गत वर्ष यस्तो आम्दानी ४ करोड २० लाख रुपैयाँ थियो।

सम्भावित जोखिममा छुट्याएको रकम उठ्दा समेत उसको खुद नाफा बढ्न सहयोग पुगेको छ। गत गत वर्ष १ करोड १३ लाख रुपवैयाँ इम्पेरमेन्ट चार्ज अर्थात सम्भावित जोखिमबापत छुट्याएकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा इम्पेरमेन्ट चार्ज ६ अर्ब ९७ करोड रुपैयाँले ऋणात्मक रहेको छ।

समीक्षा अवधिमा फाइनान्सले ७ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यसै अवधिमा फाइनान्सले ७ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। 

फाइनान्सको खराब कर्जा ४.२६ प्रतिशतबाट बढेर ४.४२ प्रतिशत पुगेको छ।

चुक्ता पूँजी ८६ करोड ६५ लाख रुपैयाँ रहेको फाईनान्सको जगेडा कोषमा ७४ करोड रुपैयाँ छ। फाइनान्सको प्रतिशेयर आम्दानी ३९ पैयाँ २५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ २१ पैसा, मूल्य आम्दानी अनुपात ७.०८ गुणा रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।