महालक्ष्मी लाइफले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्दै

Jan 24, 2021 01:40 PM Merolagani

महालक्ष्मी लाइफ इन्स्योरेन्स (MLIL) ले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव सहित फागुन २ गते बिहान ११ बजे होटल र्याडिसनमा वार्षिक साधारण सभा बोलाएको हो ।

उक्त साधारण सभाले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्दैछ । कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब पुग्नेछ ।

यस्तै साधारण सभाले संचालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी ५ जना संचालक चयन गर्ने छ ।

कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने र सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन गर्न संचालक समितिलाई अख्तियारी समेत दिनेछ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।