नेपाल क्रेडिट एण्ड कमर्स बैंकको १०.८१ प्रतिशत लाभांश पारित

Jan 24, 2021 01:30 PM Merolagani

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले (NCCB) १०.८१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको माघ ९ गते बैंकको केन्द्रीय कार्यालय, बागबजार काठमाण्डौंमा सम्पन्न आर्थिक वर्ष २०७६/७७ को २३औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

उक्त सभामा प्रस्ताव गरिएको १०.२६९५ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको छ ।

यसै साधारण सभाबाट संस्थापक समुह “क” बाट तीन जना र सर्वसाधारण समुह “ख” बाट एक जना महिला सहित तीन जना गरी जम्मा ६ जना सञ्चालकहरुको निर्विरोध रुपमा निर्वाचित गरेको छ । साथै साधारण सभा पश्चात बसेको सञ्चालकहरुको बैठकबाट उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । समुह “क”बाट सञ्चालकहरुमा मोहन बहादुर बस्नेत र ईमान सिंह लामा निर्वाचित भएका छन् भने समुह “ख” बाट चन्द्रप्रसाद बास्तोला, सुमन कुमारी जोशी र निशेष प्रधान निर्वाचित भएका हुन् ।

यसकासाथै, सभाबाट पारित १०.२६९५ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६ सय ८० रूपैयाँ पुग्नेछ ।

हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १२७ शाखा र १०२ वटा एटिएम सञ्चालन गरिरहेको छ ।

बैंकले आर्थिक वर्ष २०७६/७७ मा ७९ अर्ब ६१ करोड ७० लाख रूपैयाँ निक्षेप परिचालन तथा ६७ अर्ब ८१ करोड ९४ लाख रूपैयाँ कर्जा प्रवाह गरी खुद नाफा १ अर्ब १० करोड ८४ लाख रूपैयाँआर्जन गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।