कोरोना बीमा वापतको दाबी भुक्तानी करिब ३ अर्ब पुग्यो

Jan 24, 2021 03:36 PM Merolagani

बीमा समितिले कोरोना बीमा वापत करिब ३ अर्ब रुपैयाँ भुक्तानी भएको जनाएको छ । समितिले माघ ९ गते शुक्रबारसम्म सो बराबरको दाबी भुक्तानी भएको जनाएको हो ।

त्यस अवधिमा ३० हजार २७० जना बीमितले २ अर्ब ९४ करोड ७३ लाख ५० हजार रुपैयाँ भुक्तानी पाएका छन् ।

त्यस अवधिमा आवश्यक कागजपत्र पुरा भएका ५७ हजार ७६२ वटा दाबीका फाइलहरु प्राप्त भएका छन् । भने ५ हजार ८६४ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।

यस्तै भेरिफिकेशनको लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ७ हजार ८२९ वटा फाइलहरु पेन्डिङ्ग छन् भने १ हजार ५९६ वटा दाबी भुक्तानीका फाइल महाशाखामा पठाउन तयार छ । ८ हजार ९७१ वटा फाइलहरु भेफिकेशनको प्रकृयामा रहेका छन् ।

दाबी भुक्तानीका लागि आवश्यक कागजपत्र पुरा नभएपछि ३ हजार १८ वटा फाइल बीमा कम्पनीहरुलाई नै फिर्ता पठाएको पनि समितिले जनाएको छ ।

हालसम्म २१४ वटा दाबीको भुक्तानी नभएको समितिको तथ्याङ्क छ । त्यसमा दोहोरो दाबी तथा फेक दाबी आएपछि भुक्तानी नपाएका हुन् ।

समितिले निजी ल्यावमा परीक्षण गरेको दाबी भुक्तानीमा फेक क्लेम परेको आंशका गर्दै दाबीका फाइलहरु भेरिफिकेशन प्रकृया शुरु गरेको थियो ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।