आइतबार ४,४१३ पीसीआर परीक्षणमध्ये २७० जनामा कोरोना संक्रमण पुष्टि, निधन हुनेकाे कुल संख्या २००१ पुग्याे

Jan 24, 2021 05:47 PM Merolagani

आइतबार नेपालमा २७० जना कोरोना संक्रमित थपिएका छन् भने सात जनाको निधन भएको छ । हालसम्म देशमा कुल दुई लाख ६९ हजार ४५० जनामा संक्रमण पुष्टि भइसकेको छ भने कुल दुई हजार एक जनाको मृत्यु भइसकेको छ ।

गत २४ घण्टामा चार हजार ४१३ पीसीआर परीक्षण भएको छ । जसमध्ये काठमाडाैंका ७० जना, ललितपुरका २० जना र भक्तपुरका ९ जना गरी उपत्यकाका १३३ जना छन् । यसरी मुलुकमा कुल नमुना परीक्षणको संख्या २० लाख ४३ हजार २५५ रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४०३ जना कोरोना संक्रमितहरुले संक्रमण जितेका छन् । अहिलेसम्म देशभरमा कुल दुई लाख ६४ हजार १३७ जना कोरोना मुक्त भइसकेका छन् ।

हाल सक्रिय संक्रमितको संख्या तीन हजार ३१२ रहेको छ भने क्वारेन्टिनमा हुनेको संख्या १४५ रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।