एप्पलकाे स्लिम डिजाइनयुक्त म्याकबुक एयर लन्च हुँदै, यस्ता छन् फिचर्स

Jan 25, 2021 01:29 PM Merolagani

एप्पलले यस वर्ष स्लिम डिजाइनयुक्त म्याकबुक एयर लन्च गर्ने भएको छ। कम्पनीका अनुसार यो म्याकबुक अलि पातलो र हल्का हुनेछ। यसको तौल १.२९ किलोग्राम हुनेछ भने यो ०.६३ इन्च बाक्लो हुन सक्नेछ। यसमा नयाँ एम वान प्रोसेसरको प्रयोग गरिनेछ । ब्लूमबर्गको रिपोर्ट अनुसार यस वर्षको उत्तरार्धसम्ममा लन्च गर्न सकिनेछ। यस्तै यस म्याबुकमा म्यागसेफ चार्जिंग पनि पाउन सकिने आशा गरिएको छ।

नयाँ रिर्पोटका अनुसार यसको स्क्रिन १३ इन्च हुनेछ जसको वरिपरि पातलो बेजलको प्रयोग भएको हुनेछ । तर यो म्याकबुकलाई धेरै वर्षसम्म अपग्रेड गर्न सकिनेछ ।

२०२१ म्याकबुकका फिचर्स

ब्लूमबर्गका अनुसार २०२१ म्याकबुक एयर मोडलमा म्यागसेफ चार्जिंग फिचर पाउन सकिनेछ । कम्पनीले यस भन्दा अघि २०१९ मोडलमा यूएसबी टाइप सीको चार्जिंग सुविधा दिएको थियो ।
नयाँ मोडलमा दुई यूएसबी ४.० पोर्ट दिइनेछ । रिपोर्टका अनुसार यो हालसम्मको सबैभन्दा महंगो म्याकबुक हुन सक्नेछ । म्याकबुक प्रो मोडलमा एसढि कार्ड स्लट पनि पाइनेछ । यस बाट भिडियो एडिटरहरुलाई सहज हुनेछ । कम्पनीले २०१६ सम्ममा म्याकबुक प्रोको मोडलमा एसडि कार्ड स्लट दिएको थियो ।

म्याकबुकमा सेलुलर क्नेक्टिभिटि र फेस आईडि जस्तो फिचर्सहरु भने पाइने छैन । फेस आईडिकालागि कम्पनीले थप कार्य गर्नुपर्ने बताइएको छ । यस म्याकबुक एयर १५ इन्चको साइजसम्ममा लन्च गर्न सकिनेछ अर्थात यसमा आईपीएस टेक्नोलोजीयुक्त एलईडि ब्याकलिष्ट डिस्प्ले पनि पाउन सकिनेछ ।

म्यागसेफ डुवो चार्जर के हो?

म्यागसेफ, आईफोन १२ सिरिजको नयाँ फिचर हो । म्यागसेफ डुवोसँग २९ वाटको यूएसबी सी पावर एडप्टरले काम गर्दैन। यस एडप्टरले ५बी/३ए वा ९भी/१.६७ए पावर रेटिंग्सलाई सपोर्ट गर्दैन  म्यागसेफ डुवोलाई २९ वाटको एडप्टरसँग जोडेपछि आईफोन १२ र एप्पल घडि दुबै उपकरणहरुमध्ये एकलाई चार्ज गर्न सकिनेछ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।