नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा किनबेच हुँदैछ । पछिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबारदेखि सुनको मूल्य लगातार घटिरहेको छ । शुक्रबार सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँ तोकिएको थियो । यस साताको पहिलो दिन आइतबार पनि सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेर प्रतितोला ९२ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यसैगरी चाँदीको भाउ निरन्तर तेश्रो दिन पनि स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ ।