एनसिसि बैंकको नेप्सेलाई स्पष्टिकरण, 'शेयरमूल्यमा प्रभाव पार्ने कुनै निर्णय भएको छैन'

Jan 25, 2021 01:20 PM Merolagani

एनसिसि बैंक (NCCB) ले बैंकको शेयरमूल्यमा प्रभाव पार्ने कुनै निर्णय वा कार्य नभएको जनाएको छ। नेप्सेले आइतबार सोधेको स्पष्टिकरणमा बैंकको तर्फबाट शेयरमूल्यमा प्रभाव पार्ने कुनै निर्णय नभएको जनाएको हो।

नेपाल स्टक एक्सचेञ्जले आइतबार एनसिसि बैंकको शेयरमा उच्च खरिद चाप देखिएको भन्दै शेयरमूल्यमा प्रभाव पार्ने कुनै निर्णय भए जानकारी दिन निर्देशन दिएको थियो। तर, एनसिसि बैंकले भने त्यस्तो कुनै निर्णय नभएको जनाएको छ।

बैंकले लाभांश घोषणा सम्बन्धि सूचना नेप्सेलाई समयमा नै उपलब्ध गराएको जनाएको छ।

त्यस्तै, साधारणसभाले मर्जर तथा एक्वीजसनमा जानको लागि बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको भए पनि यस सम्बन्धमा कुनै बैंक तथा वित्तीय संस्थासँग कुरा नभएको जनाएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।