नेपाली बजारमा भित्रिए सुपर सोका इलेक्ट्रिक बाइक तथा स्कुटर

Jan 25, 2021 04:15 PM Merolagani

नेपाली बजारमा सुपर सोको ब्रान्डका इलेक्ट्रिक बाइक तथा स्कुटर भित्रिएका छन् । डी–लाइफ स्टाइल्स प्रालिले ‘रिभोल्ट’ नाराका साथ पाँच मोडलका इलेक्ट्रिक बाइक तथा स्कुटर सार्वजनिक गरेको हो ।

सुपर सोको सार्वजनिक कार्यक्रममा बोल्दै कम्पनीका प्रवन्ध निर्देशक आभूषण ज्योति कंशाकारले समयको माग अनुसार वातावरणमैत्री इलेक्ट्रिक सवारी साधन भित्र्याएको बताए । कम्पनीले सुपर सोको सीयूक्स, सुपर सोको सीपीएक्स, सुपर सोको टीसी म्याक्स बाइक, सुपर सोको टीसी बाइक र सुपर सोको टीएसएक्स बाइक नेपाली बजारमा सार्वजनिक गरेको हो ।

 

सुपर सोको सीयूएक्स

२७८८ वाटको पावर र डबल डिस्क सीबीएस भएको यो स्कुटरले ८५ किमीको रेन्ज दिन्छ भने यसको टप स्पिड ७५ किमी प्रतिघण्टा छ ।

सुपर सोको पीसीएक्स

यसमा पनि डबल डिस्क सीबीएस ब्रेक छ र ४ हजार वाटको पावर छ । डबल ब्याट्री भएको सो स्कुटरले २ सय किमीको रेन्ज दिन्छ । यसको टप स्पिड ९० किमी प्रतिघण्टा छ ।

सुपर सोको टीसीम्याक्स बाइक

यसमा डबल डिस्क ब्रेक सहितको ५ हजार वाटको मोटर छ । यसको टप स्पिड ११० किमी प्रतिघण्टा छ ।

 

सुपर सोको टीसी बाइक

यसमा ३ हजार वाटको पावरफुल मोटर छ भने यसले १६० किमीको रेन्ज दिन्छ । डबल ब्याट्री भएको यो बाइकको टप स्पिड ८० किमी प्रतिघण्टा छ ।

सुपर सोको टीएसएक्स बाइक

यसमा बोसको ३ हजार वाटको मोटर छ भने टप स्पिड ८० किमी प्रतिघण्टा छ । यसमा डबल डिस्क सीबीएक्स, १६ इन्चको ट्युबलेस टायर र सुरक्षाको लागि चम्किलो हेडलाइट छ

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।