इन्ट्रा डे करेक्सन हुँदै अघि बढ्यो नेप्से, झण्डै ९ अर्बकाे काराेबार

Jan 25, 2021 03:41 PM Merolagani

साताको दोस्रो कारोबार दिन सोमबार इन्ट्राडे करेक्सन हुँदै नेप्से सूचक अघि बढेको छ। प्रिओपन सेसनमा नै २२ अंकले बढेर २४४७ विन्दुमा पुगेको नेप्से सूचक २४१० विन्दुसम्म झरेर फर्किएको छ।

यस दिन लगानीकर्ताहरु प्रोफिट बुकतर्फ लाग्दा कोरोबार समयमा  नेप्से सूचकमा सामान्य करेक्सन देखिएको थियो तर लगानीकर्ताले पुनः खरिद बढाएपछि नेप्से सूचक १६ अंकले बढेर बन्द भएको छ। 

यस दिन नेप्से सूचक १६.०४ अंकले बढेर २४४०.८८ विन्दुमा पुगेको छ तर सेन्सेटिभ सूचक भने ०.२४ अंकले घटेको छ।

सोमबारको बजारमा लगानीकर्ताकाे बैंकिङ्ग र व्यापारमा बढी अाकर्षण देखिन्छ। विगत केहि दिनदेखि बढ्न नसकेको बैंकिङ्ग समूहको सूचक सोमबार १.३९ अंकले बढेको छ भने माइक्रोफाइनान्स हाइड्रोपावर लगायतका उपसमूहको सूचकमा गिरावट आएको छ।

 

यस दिन कारोबार रकम पनि झण्डै ९ अर्ब रुपैयाँ पुगेको छ। सोमबार २०८ वटा कम्पनीको १ करोड ९२ लाख कित्ता शेयर ८ अर्ब ९० करोड रुपैयाँमा खरिद बिक्री भएको छ।

सोमबार कारोबारमा आएका ५ वटा कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। नागरिक लगाानी कोषको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने गुँरास लघुवित्तको ९.९५ प्रतिशत, प्रभु लाइफ इन्स्योरेन्सको ९.८७ प्रतिशत, माउन्टेन इनर्जीको ९.८१ प्रतिशत, नेशनल हाइड्रोको ९.४० प्रतिशत र हिमालयन पावर पार्टनरको ९.३८ प्रतिशतले बढेको छ।

यता श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ६.९८ प्रतिशतले घटेको छ भने सिन्दु विकास बैंकको ५.४७ प्रतिशत, प्रोग्रेसिभ फाइनान्सको ५.४१ प्रतिशत र ग्रामिण विकास लघुवित्तको ५.०४ प्रतिशतले घटेको छ।

 

यस दिन नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ६० करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नविल बैंकको ३३ करोड १७ लाख, एनसिसि बैंकको ३१ करोड ३५ लाख , एनआइसि एशिया बैंकको २९ करोड ७६ लाख र नेपाल बैंकको २८ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।