२४ घण्टामा उपत्यकाका १५४ जनासहित देशभरमा थपिए ३३९ जना कोरोना संक्रमित , १० जनाकाे मृत्यु

Jan 25, 2021 04:51 PM Merolagani

पछिल्लो २४ घण्टामा देशभरमा ३३९ जना कोरोना संक्रमित थपिएका छन् । चार हजार ८५८ जनामा भएको नमुना परिक्षणमध्ये सो पुष्टि भएको हो । यस अवधिमा मृत्यु हुने १० जना कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी सोमबार ४०१ जना कोरोनामुक्त भएका छन् । हालसम्म देशमा संक्रमण पुष्टि भएका कुल दुई लाख ६९ हजार ७८९ जनामध्ये दुई लाख ६४ हजार ५३८ जनाले संक्रमण जितिसकेका छन् । तर संक्रमणका कारण ज्यान गुमाउनेकाे कुल संख्या भने २ हजार ११ पुगेकाे छ । 

गत एक दिनमा संक्रमित हुने काठमाडौं उपत्यकाका १५४ जना संक्रमितहरु रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ । तीमध्ये काठमाडौंका १३३ जना, ललितपुरका १३ जना र भक्तपुरका ८ जना रहेका छन् ।

हाल क्वारेन्टिनमा १३२ जना, सक्रिय संक्रमण हुनेहरु तीन हजार २४० जना र संस्थागत आइसोलेसनमा ७३६ जना छन् । मुलुकमा हालसम्म कुल २० लाख ४८ हजार ११३ पीसीआर परीक्षण भइसकेको छ ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।