उक्त प्रणाली सञ्चालन भएपछि अब नेपाली व्यवसायीले आयात तथा निर्यातका लागि आवश्यक पर्ने सम्पूर्ण कामहरु अनलाईनमार्फत गर्न सकिने भन्सार विभागले जनाएको छ । एकद्धार प्रणालीले कागज बुझाउन तथा सरोकारवाला निकायको निर्णय गर्न भौतिकरूपमा सरकारी कार्यालय जानुपर्ने अवस्था अन्त्य गर्ने विभागको दाबी छ। एनएनएसडब्लुजीओभी डटकम डट एनपीमा (https://nnsw.gov.np/trade/)गएर सेवाग्राहीले एकद्धार प्रणालीबाट सेवा लिन सकिनेछ ।
पोर्टलमा व्यापारका औपचारिक र प्रक्रिया, उत्पादनको हर्मोनाइज्ड सिस्टम कोड र करलगायत सूचना प्राप्त गर्न सकिन्छ । व्यापारीले कागजात स्क्यान गरेर घरबाटै अनलाइन समीट गर्न सक्नेछन् भने सरकारी अनुमति तथा निर्णय पनि घरमै बसेर पाउने छन्। तत्कालकालागि कृषि विकास मन्त्रालय अन्तर्गतका तीन वटा निकाय पशु सेवा विभाग, प्लान्ट क्वारेन्टाईन तथा विषादी व्यवस्थापन केन्द्र र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सेवा एकद्धार प्रणालीबाट थालिएको छ ।