आरम्भ चौतारी लघुवित्तको व्यवसाय विस्तारसँगै खुद नाफामा देखियो आकर्षक प्रगति, खराब कर्जा भने बढ्दै

Jan 27, 2021 12:37 PM Merolagani

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था (ACLBSL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा व्यवसाय विस्तारसँगै खुद नाफामा आकर्षक प्रगति गरेको वित्तीय विवरण सार्वजानिक गरेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा लघुवित्तले ६ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोहि अवधिमा २ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले समीक्ष अवधिमा नाफा १३५ प्रतिशतले बढाएको हाे।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा उसको खुद नाफामा सुधार भएको हो। त्यस्तै लघुवित्तले सम्भावित जोखिम बापत रकम नछुट्याउदा पनि उसको नाफा बढ्न सहयोग पुगेको देखिन्छ।

यस अवधिमा लघुवित्तले १३ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको यसै अवधिमा उसले ७ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। त्यस्तै, अन्य सञ्चालन आम्दानी पनि २ करोड ५६ लाखबाट बढेर ४ करोड ५८ लाख रुपैयाँ पुगेको छ।

लघुवित्तले निक्षेप र कर्जा लगानी पनि बढाउदै लगेको छ। समीक्ष अवधिमा निक्षेप संकलन ५९ करोड ५१ लाख रुपैयाँबाट बढेर १ अर्ब ६ करेड १२ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी १ अर्ब ७१ करोड रुपैयाँबाट बढेर ३ अर्ब २८ करोड रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी २६ करोड ३४ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १३ करोड २० लाख रुपैयाँ रहेको छ।

लघुवित्तको खराब कर्जा भने ह्वातै बढेको छ। गत वर्षको दोस्रो त्रैमाससम्ममा १.२४ प्रतिशत रहेको खराब कर्जा बढेर ४.८२ प्रतिशत पुगेको छ। लघुवित्तले आगामी दिनमा खराब कर्जा नियन्त्रणमा भने ध्यान दिनुपर्ने देखिन्छ।

प्रतिशेयर आम्दानी २६ रुपैयाँ ६६ पैसाबाट बढेर ४७ रुपैयाँ ३८ पैसा पुगेका छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ १२ पैसा र मूल्य आम्दानी अनुपात २२.७७ गुणा रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।