नेप्से सूचक १८ अंकले बढेपनि सेन्सेटिभ सूचक रातो, बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण

Jan 27, 2021 03:40 PM Merolagani

शेयर बजार मापक नेप्से सूचक १८ अंकले बढेपनि बुधबार सेन्सेटिभ सूचक भने रातो देखिएको छ। नेप्से सूचक १८.७६ अंकले बढेर २४४१.८५ विन्दुमा उक्लिएको भए पनि सेन्सेटिभ सूचक भने ०.८६ अंकले घटेको छ। 

बुधबारको बजारमा बीमा कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढी देखिन्छ यस दिन जीवन बीमा उपसमूहको सूचक सबैभन्दा धेरै ६.२५ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसमूहको सूचक पनि ३.९८ प्रतिशतले बढेको छ। होटल उपसमूहको सूचक भने सबैभन्दा धेरै १.१८ प्रतिशतले घटेको छ।

बुधबार नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ। नेपाल लाइफको बोनस शेयर वितरणको लागि मूल्य समायोजन भएको थियो। समायोजित मूल्यमा शेयर खरिद गर्ने लगानीकर्ता बढ्दा इन्स्योरेन्सको शेयरमूल्यमा बुधबार सकारात्मक सर्किट लागेको हो।

 

त्यस्तै, आरम्भ चौतारी लघुवित्तको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ भने गुँरास लघुवित्तको ९.९७ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ९.९६ प्रतिशत, प्रभु लाइफ इन्स्योरेन्सको ९.९१ प्रतिशत र नेश्नल हाइड्रोपावरको ९.८५ प्रतिशतले बढेको छ।

यता पोखरा फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ७.०५ प्रतिशतले घटेको छ भने श्री इन्भेष्टमेन्ट फाइनान्सको ४.७१ प्रतिशत, नेपाल फाइनान्सको ४.६५ प्रतिशत, गोर्खाज फाइनान्सको ३.७१ प्रतिशत, हिमालयन पावर पाटैनरको ३.७० प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ३.५१ प्रतिशतले घटेको छ।

 

बुधबार पनि नेपाल लाइफकै सबैभन्दा धेरै ९३ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। अघिल्लो दिन मंगलबार पनि उक्त कम्पनीको १ अर्ब ४५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै प्राइम कमर्शियल बैंकको ३७ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल बैंकको २८ करोड १४ लाख, प्रभु बैंकको २७ करोड ८४ लाख र नेश्नल लाइफ इन्स्योरेन्सको २४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

 

यस दिन कारोबारमा आएकामध्ये ९५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ६२ वटा कम्पनीको शेयरमुल्य घटेको छ। त्यस्तै १८ वटाको शेयरमूल्य भने परिवर्तन भएन।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।