5G फ्रिक्वेन्सीले पार्ने असरबारे दूरसञ्चार प्राधिकरणले थाल्यो अध्ययन

Jan 27, 2021 04:30 PM Merolagani

नेपालमा 5Gभित्र्याउनको लागि प्रस्ताव गरिएका फ्रिक्वेन्सी व्यान्डको असरबारे नेपाल दूरसञ्चार प्राधिकरणले अध्ययन सुरु गरेको छ ।प्राधिकरणले कुन कुन बिषयमा असर पार्ने र समस्याको समाधानबारे अध्ययन गर्ने छ । 

फ्रिक्वेन्सी सम्बन्धी अध्ययनका लागी नेपाल दूरसञ्चार प्राधिकरणले लागि पुल्चोक इन्जिनियरिङ्ग क्याम्पससँग समझदारी गरेको छ ।दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र पुल्चोक इन्जिनियरिङ् क्याम्पसका डिन प्रा.डा शशीधर जोशीले समझदारीपत्रमा हस्ताक्षर गर्दै फ्रिक्वेन्सीले पार्ने असर र समाधानबारे अध्ययन थालेको हो ।

हाल प्रस्ताव गरिएका फ्रिक्वेन्सी व्याण्डले असर पार्ने वा नपार्ने बिषयमा अनुसन्धान गर्ने छ । सो अनुसन्धानको लागि क्याम्पसले सिमुलेसन तयार पार्ने र त्यसको लागि आवश्यक पर्ने उपकरणहरु र डिभाइसहरु ल्याउन प्राधिकरणले सहयोग गर्नेछ ।

प्राधिकरणका नियमन महाशाखाका निर्देशक अम्बर स्थापितले सो अध्ययनले आगामी दिनमा प्राधिकरणलाई फ्रिक्वेन्सी बितरण गर्न र व्यवस्थापन गर्न सहयोग पुग्ने बताउँछन् ।

‘हामीले हाल प्रस्तावित 5G फ्रिक्वेन्सी ब्याण्डहरुले अन्य फ्रिक्वेन्सीहरुलाई कस्तो असर पर्छ भनेर अनुसन्धान गराउन लागेका हौं, पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसले सो अनुसन्धान गरेर हामीलाई रिपोर्ट उपलब्ध गराउनेछ,’ निर्देशक स्थापितले भने ।

पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसले ९ महिनाभित्र नियामक प्राधिकरणलाई अनुसन्धान प्रतिवेदन बुझाउने छ ।

गत मंसिरमा प्राधिकरणले सरकारलाई विभिन्न व्यान्डका फ्रिक्वेन्सी 5G चलाउने सकिने भन्दै प्रस्ताव दर्ता गराएको थियो । प्राधिकरणले ७ सय, ८ सय, १३ सय, १८ सय,२२ सय २३ सय २८ सय , ३२ सय व्यान्डका फ्रिक्वेन्सी फाइबजीका लागि उपयुक्त रहेको ठहर गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।