लगानीको दृष्टिकोण बदल्ने पुस्तक ‘द वारेन बफेट वे’ को सारंश भाग २

Jan 27, 2021 06:01 PM Merolagani

हरेक साताको बुधबार धितोपत्र बजार र अर्थसम्बन्धित पुस्तकहरुको सारंश प्रस्तुत गर्ने क्रममा गत सातादेखि हामीले ‘द वारेन बफेट वे’ पुस्तकको सारंश प्रस्तुत गर्दै आएका छौँ।

स्टक मार्केटका बादशाहा मानिने वारेन बफेटको लगानीका दृष्टिकोणहरु समेतिएको यो पुस्तक रोबर्ट जी ह्यागस्ट्रमले लेखेका हुन्। पुस्तकमा बफेट कसरी सफल लगानीकर्ता भए? स्टक खरिद गर्न उनी के कस्तो रणनीति अपनाउए? जस्ता विषयवस्तुलाई यस पुस्तकमा समेतिएको छ। शुरु गरौँ यसै पुस्तकको सारंशको दाेस्राे भागः

बजारलाई बेवास्ता गर्नुस्

वारेनले आफ्नो करियारभरी नै स्टक मार्केटलाई बेवास्ता गरे। उनी दाबी गर्छन् कि भावना, विशेष गरी, लोभ र भय, ले बजारमा प्रभाव पार्छ। त्यसैले, एक स्टकको मूल्य उसको व्यवसायको वास्तविक मूल्यसँग मेल नहुन सक्छ। स्पेकुलेटरहरु मूल्य प्रक्षेपण गर्दै त्यस्तो उतारचढावबाट फाइदा लिन्छन्। तर दीर्घकालमा, स्टकहरुले व्यवसायिक मूल्यलाई जित्न सक्दैनन्। त्यसैले, समय बित्दै गएपछि, बुद्धिमान व्यवसायी लगानीकर्ताजस्तै स्पेकुलेटरले कमाउन सक्दैनन्।

धेरै जसो लगानीकर्ता र मनी म्यानेजरहरु झुण्ड मानसिकताका हुन्छन्। उनीहरु बजारमा आएको सानो परिवर्तनमा पनि प्रतिक्रिया जनाउँछन्। तिनीहरुलाई विपत्तिमा पुर्याउन सरल छ। तर, स्मार्ट लगानीकर्ता भीडलाई नपछ्याउन तयार हुन्छ। ऊ अरुले बेवास्ता गरिरहेको बेला पनि ठूलो खरिद गर्छ। प्रायः यो नै राम्रो कम्पनीको शेयर सस्तोमा उठाउने मौका हुन्छ। आर्थिक विचलनलाई बेवास्ता गर्नुहोस्। किनभने यो एक प्रतिस्पर्धामा दौडिएको घोडा जस्तै हो। यो कुनै दिन सही हुन्छ र कुनै अर्को दिन गलत। कम्पनीको लामो अवधिको प्रदर्शन महत्वपूर्ण छ। आर्थिक चक्रहरु आफैमा महत्वपूर्ण नभएपनि तपाई मुद्रास्फितीबारे सचक हुनुपर्छ। मुद्रास्फितीले कम्पनीको प्रतिफल दरलाई प्रभाव पार्न सक्ने हुनाले, लगानीकर्ताले त्योसँग कम्पनी कसरी सामना गरिरहेको छ भन्ने हेर्न जरुरी छ।

आर्थिक सद्भावना

कम्पनीको आर्थिक सद्भावना पनि महत्वपूर्ण छ। यो सबैले हेर्न सक्ने वासलातमा गरिएको लेखा सद्भावनाले फरक पार्छ। अधिकांश समय भावनाले कारणलाई जित्छ। त्यसैले, लोभ र डरले कम्पनीको शेयरमूल्य यसको वास्तविक मूल्यभन्दा तलमाथि गराउँछ।

आर्थिक सद्भावना कम्पनीको बारेमा एक दृष्टिकोण हो जुन यसको उत्कृष्ट प्रदर्शनको परिणाम हो। एउटा कम्पनीले एक अवस्थामा चर्को मूल्य चार्ज गर्नुका साथै उच्च प्रतिफल दिन्छ। त्यो हो, यदि उसले सकारात्मक र राम्रो प्रतिष्ठा कायम गर्छ भने। त्यसैले, आर्थिक सद्भावनाले कम्पनीको शेयरमूल्य बढाउन सहयोग गर्छ।

पोर्टफोलियो विविधिकरण गर्ने

उचित मूल्यमा उत्तम व्यवसायहरुको सानो समूह खरिद गर्नु राम्रो हो। र विविधताको लागि मात्र पोर्टफोलियो विविधिकरण गर्ने होइन। सबै अण्डा एउटै बास्केटमा हाल्नुभन्दा, छनौट गर्नुहोस्। त्यो सबै राम्रो व्यवसाय हुनुपर्छ। र राम्रो मूल्यमा त्यसलाई खरिद गर्नु महत्वपूर्ण छ। वारेनको पोर्टफोलियोमा मूख्यतः उत्पादनमूलक र वित्तीय क्षेत्रका कम्पनीहरु थिए।

उनले विगतमा प्राविधिक कम्पनीहरुमा लगानी गरेनन्। उनको प्राथमिक ध्यान त्यस्ता निश्चित क्षेत्रमा थिए जसको बारेमा उनसँग राम्रो ज्ञान थियो। यसले उनलाई सही निर्णय गर्न सहयोग गर्यो। उनी युटिलिटी कम्पनीहरुबाट टाढा रहे। यो त्यस्ता क्षेत्रहरुबाट टाढा रहनका लागि थियो जहाँ कम्पनी र उनीहरुको आम्दानी नियमन गरिन्थ्यो।

वारेनसँग स्टक खरिद गर्ने धेरै राम्रा रणनीतिहरु थिए। जस्तै, उनी नराम्रो सम्झौताको लागि जहिले ‘नाँइ’ भन्न तत्पर हुन्थे। जहिले अधिकांश लगानीकर्ताहरु शेयर खरिद बिक्री गर्थे, उनी स्थिर भएर बस्थे। उनी थप उचाइका लागि आफ्ना स्टकहरु राख्थे।

उनका अनुसार ‘पोर्टफोलियोसँग दैनिक खेल्नु बृद्धिमानी होइन’। त्यसको सट्टा कुनै उत्कृष्ट कम्पनीको शेयर खरिद गरेर त्यसैलाई होल्ड गरिरहनु उत्तम हुन्छ। त्यसपछि उनी त्यस्ता क्षेत्रहरुमा स्टक देखि स्टक सम्म बढ्न सल्लाह दिन्छन् जुन उत्कृष्टभन्दा धेरै पर छन्।
राम्रो व्यवसायको खरिदका सिद्धान्त

वारेनका अनुसार, कम्पनीको शेयर खरिद गर्नु र कम्पनी खरिद गर्नु त्यहि हो। उनी निम्न विशेषता भएका कम्पनीहरुमा लगानी गर्थेः

  • आफुले चिनेका
  • उनीहरुसँग लामो समयसम्मका लागि सकारात्मक क्षमता भएका
  • इमान्दार र बुद्धिमान मानिसहरुको व्यवस्थापन भएका
  • मूल्य आकर्षक र सुपथ भएका

वारेन स्टक अथवा व्यवसाय परीक्षण गर्नका लागि निम्न कारकहरुको प्रयोग गर्थेः

१) व्यवसायिक सिद्धान्तः व्यवसाय बुझ्नालाई सजिलो र निरन्तर राम्रो प्रदर्शन गरिरहेका

२) व्यवस्थापन सिद्धान्तः तार्किक सिद्धान्तमा सञ्चालित व्यवस्थापन। यसमा शेयरधनीहरुको प्रतिफलभन्दा बढी अतिरिक्त पूँजी लगानी समावेश छ। व्यवस्थापकहरु सत्यनिष्ठ हुनुपर्दछ र शेयरधनीहरुसँग पारदर्शी हुनुपर्दछ।

३) वित्तीय सिद्धान्तः कम्पनीको प्रतिशेयर आम्दानी नभई रिटर्न अन इक्विटी हेर्ने। उत्कृष्ट नाफा भएका कम्पनीहरु छान्ने। त्यस्ता कम्पनीको खोजी गर्ने गसले एक डलरको बदलामा कम्तीमा मार्केट भ्यालूको एक डलर कायम गर्दछ।

४) बजार सिद्धान्तः कम्पनीको भ्यालू। त्यसपछि त्यसको भ्यालूभन्दा कम मूल्यमा खरिद गर्न सकिन्छ कि हेर्ने।

बफेटका होल्डिङ्ग

उनको लगानी करियरभरी, वारेनले होल्डिङ्गका विभिन्न संयोजनहरु खरिद गरे। यसले निम्न कुराहरुलाई समावेश गर्दछः

स्थायी होल्डिङ्गः उनका स्थायी होल्डिङ्गमा ४ कम्पनीहरु छन् जुन वारेनले कहिल्यै बेच्ने संकल्प गरेनन्। यी कम्पनीहरुको भ्यालु उच्च हुन्छ। उनले वासिन्टन पोष्टलाई रोजेका छन्। किनभने यो राम्रो आर्थिक सद्भावना भएको शीर्ष राष्ट्रिय दैनिक हो। उनले लाभदायक फ्रेन्चाइजका कारण गाइको कोओपरेशन रोजे। गाइकोले बिना कुनै एजेन्ट कम लागतको बीमा बिक्री गर्थे। अर्को स्थायी होल्डिङ्ग क्यापिटल सिटिज। यो ११ बिलियन डलरको सञ्चार तथा मिडिया व्यापार हो। क्यापिटल सिटिजसँग केबल, रेडियो, टिभी र अन्य नेटवर्कहरु थिए। वारेनले पछिल्लो समय कोकाकोलामा लगानी गरेका छन्। यस कम्पनीसँग मान्य पहिचान र विश्वमा सबैभन्दा राम्रो वितरण प्रणाली दुबै छ।

फिक्स्ड इन्कम मार्केटेबल सेक्यूरिटीजः यसमा त्यस्ता कम्पनीहरु समावेश छन् जसले अधिकतम करपछिको प्रतिफल दिन्छ। वारेनको दीर्घकालिन बण्डमा आरजेआर नबिस्को र वासिङ्गटन पब्लिक पावर सप्लाई सिस्टम समावेश छन्। यूएस एयरग्रुप, अमेरिकन एक्सप्रेस, साल्मन इन्क र च्याम्पियन इन्टरनेशनल उनका परिवर्तिय अग्राधिकार शेयर हुन्।

इक्विटी मार्केटेवल सेक्यूरिटीजः वारेनले धेरै इक्विटी मार्केटेबल सेक्यूरिटीज चयन गरेका छन्। त्यसमा वेल्स फर्गो कम्पनी, जिलेट कम्पनी, गिनीज पीएलसी, जनरल डाइनामिक्स र द फेडरल होम लोन मोर्टगेज कर्पोरेशन।

व्यक्तिगत स्टकहरुः वारेनसँग भएका व्यक्तिगत स्टकहरुमा सालमोन इन्क, गानेट कम्पनी, वाल्ट डिज्नी कम्पनी, पीएनसी बैंक कर्पोरेशन र द अमेरिकन एक्सप्रेस कम्पनी।

‘कुनै पनि स्टक त्यसको व्यवसायिक मूल्यभन्दा कम बजार मूल्यमा खरिद गर्नु नै सफल लगानीमा समावेश हुन्छ।’

लगानीको दृष्टिकोण बदल्ने पुस्तक ‘द वारेन बफेट वे’ को सारंश भाग १

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।