सिटिजन बैंक इन्टरनेशन सहित फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सिजिटन बैंकको ७२ लाख ७१ हजार ८५३.८३१८ कित्ता बोनस शेयर सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्षबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शयर नेप्सेमा सूचीकृत भएको हो ।
यस्तै, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ७ लाख ६० हजार ७०४.५४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
त्यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेसनको पनि ३ लाख ८४ हजार ४४८ कित्ता बोनस शेयर सूचीकृत भएको छ । कर्पोरेसनले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
तीन वटै कम्पनीका बोनस शेयर डिम्याट खातामा आएपछि शेयरधनीले दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।