उपत्यकामा बन्दको आंशिक प्रभाव, छिटफुट मात्रामा सार्वजानिक सवारी साधन चल्दै ( फाेटाे फिचर सहित)

Feb 04, 2021 12:12 PM Merolagani

नेकपाकाे प्रचण्ड माधव समूहले आयोजना गरेको बन्दको प्रभाव काठमाण्डौ उपत्यकामा आंशिक रुपमा देखिएको छ । बिहीबार विहानैदेखि उपत्यकाका अधिकाँश सडकहरु खाली छन् सवारीसाधनहरु खासै चल्न सकेका छैनन्। तर मध्यान्ह पछि भने निजी सवारी साधानकाे संख्या केही बढेकाे छ। 

तर सार्वजानिक सवारी साधनहरु भने  छिटपुटमात्र देखिएका छन् । अति अावश्यकीय सवारी साधानहरू भने बन्दकर्ताले चलाउन दिएका छन् ।

उपत्यका भित्र पसलहरु पनि थोरै मात्रामा खुलेका छन्।

विहानैदेखि नेकपा प्रचण्ड माधव नेपाल पक्षका कार्यकर्ताहरु सडकमा उत्रिएका थिए। उनीहरुले बिहानै एक ट्याक्सीमा आगजनी समेत गरेका छन्।

प्रहरीले बन्दकर्ताहरुलाई नियन्त्रणमा समेत लिइरहेको छ। अहिलेसम्म ७५ जना भन्दा धेरै नेता कार्यकर्ताहरु पक्राउ परिसकेका छन्। सरकारले गरेकाे संसद बिघटनकाे बिराेधमा प्रचन्ड माधव नेपाल समूह बिराेधमा उत्रिएकाे हाे । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।