बिहीबार थपिएका काठमाडौं उपत्यकाका ३३ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार आज कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या १११ रहेको छ । हालसम्म कुल दुई लाख ६८ हजार ६६० जना संक्रमणमुक्त भइसकेका छन् ।
एक दिनमा मृत्यु हुने पाँच जना संक्रमित छन् भने दुई हजार ५२ जनाको निधन भइसकेको छ । हाल देशमा संस्थागत आइसोलेसनमा ९२५ जना, क्वारेन्टिनमा ८७ जना र सक्रिय संक्रमित एक हजार ७१८ जना छन् ।