गत साता साढे ५१ अंक बढेको बजार यस साता के होला?

Feb 14, 2021 08:02 AM Merolagani

गत साता नेप्से परिसूचक २.०९ अंक अर्थात ५१.६६ अंक बढेर बन्द भयो। अघिल्लो साता २४७५.२६ विन्दुमा बन्द भएको नेप्से, गत साता २५२६.९२ विन्दुमा बन्द भएको थियो।

गत साता नेप्से २५२० विन्दुभन्दा माथि रहन सक्नु बजारको लागि सकारात्मक रहेको विश्लेषणबाट देखिन्छ। साताको अन्तिम कारोबार दिन, कारोबारको अन्तिम समयमा बिक्री चाप केही बढेको देखिएको थियो। सो दिन बनेको नेप्सेको मैनबत्तीले यस्तो संकेत गरेको हो।

२५२६.२० विन्दुमा बन्द भएको नेप्से, यस साता उकालो लागेमा २६४० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। यद्यपि, यो ओरालो लागेमा भने २४४० मा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो नै रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम अझै बलियो रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिनको अन्तिम समयमा भने बिक्री चाप बढेको देखिएको छ।

नेप्सेसँगै गत साता भोल्यूम पनि राम्रै रहेको छ। गत साता दैनिक औषतमा ९ अर्ब ५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो। यससँगै नेप्सेको २० दिने औषत भोल्यूम ८ अर्ब २७ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ९.३५ प्रतिशत बढी छ।

फियर एण्ड ग्रीड मिटरमा नेप्से अझै एक्सट्रीम ग्रीड जोनमा रहेको छ। यद्यपि अघिल्लो साताको तुलनामा भने केही झरेको छ। अघिल्लो साता ९७.७४ स्केलमा रहेको नेप्से यस साता ९५.८६ स्केलमा झरेको छ।

बैंकिङ्ग उपसमूह

गत साता बैंकिङ्ग उपसमूहको परिसूचकले नयाँ अलटाइम हाइ रेकर्ड बनाएको छ। नेप्सेले यस अघिको १७९७ को अलटाइम हाइ रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको हो।

गत साता बैंकिङ्ग उपसमूहको परिसूचक ५.१३ प्रतिशत बढेको थियो। अघिल्लो साता १७२०.४४ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, गत साता ८८.२० अंक बढेर १८०८.६४ विन्दुमा पुगेको थियो।

यस साता यस उपसमूहको परिसूचक उकालो लागेमा १९२० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा १७२० विन्दुमा टेवा पाउने देखिन्छ।

बैंकिङ्ग उपसमूहको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो हुँदै गएको छ। यसले बजारमा बैंकिङ्गको बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्न आवश्यक छ।)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।