आइपीओकाे रिजल्ट अब तीन माध्यमबाट मात्रै हेर्न पाइने

Feb 25, 2021 03:18 PM Merolagani

लगानीकर्ताले अब कुनैपनि कम्पनीकाे साधारण शेयर (आइपीओ) काे नतिजा मेरो शेयर, बिक्री प्रबन्धक र आइपीओ जारी गर्ने कम्पनीको वेबसाइटबाट मात्रै हेर्न पाउने भएका छन्।

केन्द्रिय निक्षेप प्रणाली सिडिएससिले नेपाल धितोपत्र बोर्डको निर्देशनमा निजी अनलाईन मिडियाहरुलाई आइपीओ रिजल्ट वितरण नगर्न क्यापिटलहरु निर्देशन दिएको सिडिएसिका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले बताए।

यसअघि निजी सञ्चार माध्यमहरुले समेत आइपीओको नतीजा प्रकाशन गर्ने गरेका थिए। अब भने आइपीओ रिजल्ट बिक्री प्रबन्धक,आइपीओ जारी गर्ने कम्पनी र सिडिएससिले मात्रै पाउने भएका छन्।

शुक्रबार बाँडफाँड हुने महिला लघुवित्तको आइपीओ समेत निजी सञ्चार माध्यमलाई उपलब्ध नगराउन निर्देशन दिइएको सिडिएससिले जनाएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।