१३ जीवन बीमा कम्पनीको बोनस दर सार्वजनिक,बीमितलाई उच्च बोनस दिनेमा एलआईसी नेपाल

Feb 26, 2021 04:02 PM Merolagani

नेपालमा  हाल १९ वटा जीवन बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् । त्यसमध्ये १३ वटाले बोनस दर सार्वजनिक गरेका छन् । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७५/७६ को बोनस दर सार्वजनिक गरेका हुन् ।

हालसम्म एलआईसी नेपाल,नेशनल लाइफ,नेपाल लाइफ,मेट लाइफ,सिटिजन लाइफ,प्राइम लाइफ, ज्योति लाइफ, महालक्ष्मी लाइफ, प्रभु लाइफ,रिलायन्स लाइफ,सूर्या लाइफ,सानिमा लाइफ र आइएमई लाइफले आर्थिक वर्ष २०७५/७६ को लागि बोनस दर सार्वजनिक गरेका हुन् ।

त्यसमध्ये सार्वधिक उच्च बोनदर घोषण गर्नेमा एलआईसी नेपाल रहेको छ । एलआईसीले आफ्नो बीमितलाई अधिकतम ८८ रुपैयाँसम्म बोनस दिने जनाएको छ । यस्तै नेशनल लाइफ र मेट लाइफले ८५ रुपैयाँ सम्म र नेपाल लाइफले अधिकतम ८२ रुपैयाँ बोनस दिने जनाएको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले भने न्युनतम ५० रुपैयाँ देखि ५२ रुपैयाँ सम्मको बोनस दर सार्वजनिक गरेको छ ।

सात बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७५/७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्कीय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेका हुन् ।

बीमा समितिबाट स्वीकृति प्राप्त भए पछि कम्पनीहरूले संचालनमा ल्याएको तथा मुनाफामा सरिक हुने बीमालेखहरूको बीमाङ्कमा प्रतिहजारका दरले बोनस घोषणा गरिन्छ ।

बीमितलाई एलआईसी नेपालकाे उच्च बाेनस 

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले आर्थिक वर्ष २०७५/७६ मा बीमा योजना अनुसार ६६ देखि ८८ रूपैयाँ सम्म बोनस दर दिने भएको छ । याे हालसम्म सार्वजनिक भएकाे मध्ये उच्च बाेनस दर हाे ।

जीवन आस्था योजना ५ वर्षे अवधिमा ८५ रुपैयाँ र ३ वर्षे अवधिकोमा ८० रुपैयाँ बोनस दर तोकिएको छ । सावधिक तथा रुपान्तरित सावधिक जीवन बीमा योजनामा २५ वर्ष वा सोभन्दा माथीको अवधिमा ८० रूपैयाँ बोनस दर दिने भएको छ ।

धन वृष्टि जीवन बीमालेखमा प्रति हजार ६६ रुपैयाँ, अग्रिम भुक्तानी सार्वधिक र अग्रिम भुक्तानी (बाल) बीमालेखमा ६६ देखि ६८ रुपैयाँ सम्म बोनस दर सार्वजनिक गरेको छ ।

यस्तै आजीवन बीमा लेखमा २० वर्षे योजनामा ७७ रुपैयाँ, १५ वर्षेमा ६८ रुपैयाँ र १० वर्षे योजनामा ६६ रुपैयाँ बोनस पाउनेछन् ।

नेशनल लाइफ इन्स्योरेन्स

नेशनल लाइफ इन्स्योरेन्सले ६४ देखि ८५ रूपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को बोनस दर सार्वजनिक गरेको हो ।

सावधिक तथा सामुहिक जीवन बीमालेखमा ६४ रुपैयाँ देखि ८५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमामा ६३ रुपैयाँ देखि ६४ रुपैयाँ बोनस दर निर्धारण गरेको छ । यस्तै सावधिक तथा आजीवन जीवन बीमालेखमा ६४ देखि ८५ रुपैयाँ बोनस दर रहेको छ ।

मेट लाइफ इन्स्योरेन्स

मेट लाइफ इन्स्योरेन्सले न्यूनतम ५० देखि ८५ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ।

कम्पनीले सावधिक जीवन बीमालेखमा ६५ देखि ८० रुपैयाँ सम्म, सावधिक बीमालेख (एजुकेशन प्रोटेक्सन प्लान)मा ६५ देखि ८५ रुपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (थ्रिपीपी) मा ५० देखि ७० रुपैयाँसम्म बीमितलाई दिने बोनसदर निर्धारण गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७५/७६ को बोसदर घोषणा गरेको छ । कम्पनीले न्यूनमत ६५ देखि अधिकतम ८२ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ ।

कम्पनीले सवाधिक तथा सामुहिक जीवन बीमा बीमालेख अन्तर्गत ( सुरक्षित जीवन, जीवन ज्योति, रुलर इन्डोमेन्ट एसुरेन्स, केटाकेटी, बालशिक्षा योजना, जीवन लक्ष्मी र जीवन सारथी) मा योजनामा ६५ देखि ८२ सम्मको बोनसदर सार्वजनिक गरेको छ ।

त्यस्तै अग्रिम भुक्तानी सावधिक बीमालेखका सबै बीमा अवधिहरुमा ६५ रुपैयाँ, अग्रिम भुक्तानी जीवन समृद्धि बीमालेखमा ६२ देखि ६४ रुपेयाँ र सावधिक तथा आजीवन (जीवन साहारा) मा ६५ देखि ८२ सम्मको बोनसदर घोषणा गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स

सिटिजन लाइफ इन्स्योरेन्सले प्रति हजार बीमाङ्कमा २५ रुपैयाँदेखि ७७ रुपैयाँसम्मको बोनस दर सार्वजनिक गरेको छ ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा ३७ रुपैयाँ देखि ७० रुपैयाँ सम्म, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ४४ रुपैयाँ देखि ५५ रुपैयाँ सम्म, वार्षिक अग्रिम भुक्तानी जीवन बीमा २५ रुपैयाँ देखि ३५ रुपैयाँ, सिटिजन शुभारम्भ जीवन बीमा योजना (सावधिक) मा ३५ रुपैयाँ देखि ७० रुपैयाँ सम्म र सावधिक जीवन बीमा योजनामा ३८ रुपैयाँ देखि ७३ रुपैयाँ सम्म बोनस दर निर्धारण गरेको छ ।

प्राइम लाइफ इन्स्योरेन्स

प्राइम लाइफ इन्स्योरेन्सले न्यूनतम ३० देखि अधिकतम ७६ रुपैयाँसम्मको बोनसदर सार्वजनिक गरेको छ ।

कम्पनीले सावधिक जीवन बीमालेखमा न्यूनतम ३५ देखि ६५ रुपैयाँ, सावधिक तथा आजिवन बीमालेखमा ३६ रुपैयाँ देखि ७५ रुपैयाँसम्म, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ३९ रुपैयाँ देखि ६७ लाख रुपैयाँ र प्राइम जीवन उपहार (अग्रीम भुक्तानी सवाधिक) मा ३० रुपैयाँ बोनसदर निधारण गरेको छ ।

ज्योति लाइफ इन्स्योरेन्स

ज्योति लाइफ इन्स्योरेन्सले २०७६ असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुको बोनस दर निर्धारण गरेको छ । इन्स्योरेन्सले प्रति हजार ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्मको बोनस दर निर्धारण गरेको हो ।

सावधिक, सावधिक तथा आजीवन बीमालेख अन्र्तगत ९ वर्ष सम्म कायम रहने बीमालेख खरिद गर्ने बीमितले ४३ रुपैयाँ, १० देखि १४ वर्ष सम्मकोले ४५ रुपैयाँ,१५ देखि १९ वर्ष सम्मकोले ५० रुपैयाँ, २० देखि २४ वर्ष सम्मकोले ५५ रुपैयाँ र २५ वर्ष वा त्यस भन्दा मथिको बीमितले ७५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

यस्तै अग्रीम भुक्तानी बीमालेख अन्र्तगत १० देखि १४ वर्षको बीमालेखमा ४३ रुपैयाँ, १५ देखि १९ वर्ष सम्मकोमा ४५ रुपैयाँ र २० देखि २४ वर्ष सम्ममा बीमालेख खरिद गर्ने बीमितले ५० रुपैयाँ बोनस पाउनेछन् ।

सूर्या लाइफ इन्स्योरेन्स

सूर्या लाइफ इन्स्योरेन्सले पनि न्यूनतम ३८ देखि अधिकतम ७३ रुपैयाँसम्मको बोनसदर सार्वजनिक गरेको छ ।

कम्पनीले सवाधिक जीवन बीमालेखमा ३८ देखि ७३ रुपैयाँसम्म बोनसदर तोकेको छ । यस्तै सावधिक तथा आजिवन बीमालेखमा पनि ३८ देखि ७३ सम्म र अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ४५ देखि ६३ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ ।

प्रभु लाइफ इन्स्योरेन्स

प्रभु लाइफ इन्स्योरेन्सले पनि २०७६ असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने जीवन बीमालेखहरुको बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले प्रति हजार बीमाङ्कमा ३० रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले सावधिक जीवन बीमालेख र सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा ३० रुपैयाँ देखि ७० रुपैयाँ सम्म बोनस दर निर्धारण गरेको छ । यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ३० रुपैयाँ देखि ५० रुपैयाँ सम्म बोनस दर कायम गरिएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स

रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को बीमांकिय मुल्यांकन प्रतिबेदन बीमा समितिबाट गत जेठ ८ गते स्वीकृति भएपछि बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले २० रुपैयाँ देखि ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

सावधिक, सावधिक तथा आजीवन बीमा योजनामा ३५ रुपैयाँ देखि ७० रुपैयाँ, अग्रिम भुक्तानी सार्वधिक बीमा योजनामा ४५ रुपैयाँ देखि ५० रुपैयाँ र अन्य (वार्षिक अग्रिम भुक्तानी- मुद्धती) बीमा योजनामा २० रुपैयाँ देखि २५ रुपैयाँ सम्मको बोनस दर निर्धारण गरेको छ ।

आइएमई लाइफ इन्स्योरेन्स
आइएमई लाइफ इन्स्योरेन्स ले आथिर्क वर्ष २०७५/७६ को लागि बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण बीमा समितिबाट फागुन ३ गते स्वीकृति पाएपछि बोनस दर सार्वजनिक गरेको हो ।

त्यस अनुसार २०७६ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रति हजार बीमाङ्कका रकममा वोनस दर निर्धारण गरेको छ ।

कम्पनीले बीमा योजना र अवधिका आधारमा प्रतिहजार न्यूनतम १३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

सावधिक जीवन बीमालेख र सावधिक/ अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार २६ रुपैयाँ देखि ७० रुपैयाँ सम्म पाउनेछन् । यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा पनि बीमितले २६ रुपैयाँ देखि ७० रुपैयाँसम्म बोनस पाउनेछन् ।

वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) अन्रर्गतका सबै अविधमा बीमालेखमा १३ रूपैयाँ बोनसदर सार्वजनिक गरेको छ ।

सानिमा लाइफ इन्स्योरेन्स

सानिमा लाइफ इन्स्योरेन्सले आथि वर्ष २०७५/७६ को लागि बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण बीमा समितिबाट फागुन ५ गते स्वीकृति पाएपछि बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले बीमा योजना र अवधिका आधारमा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

सावधिक जीवन बीमालेख र सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार ३५ रुपैयाँ देखि ६५ रुपैयाँ सम्म पाउनेछन् ।

यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ३५ रुपैयाँ देखि ४५ रुपैयाँसम्म, त्रिपल इन्डोमेन्ट लाइफ इन्स्योरेन्स र ज्वाइन्ट लाइफ इन्डोमेन्ट प्यानमा न्युनतम २० रुपैयाँ देखि ३० रुपैयाँसम्म बोनदर सार्वजनिक गरेको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स

महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्किय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेको छ । बीमा समितिको मिति २०७७ कार्तिक २८ गते को पत्रबाट स्विकृति प्राप्त भए बमोजिम कम्पनीले संचालनमा ल्याएको तथा मूनाफामा सरिक हुने महालक्ष्मी सावधिक, महालक्ष्मी सरल र महालक्ष्मी जीवन हेरचार बीमाको २०७५/ ७६ को लागि न्यूनतम ५० रूपैयाँ प्रतिहजारको दरले बोनस घोषणा गरिएको हो ।

महालक्ष्मी सावधिक र महालक्ष्मी सरल जीवन बीमा योजनामा प्रति हजार बीमांकमा ५० रुपैयाँ देखि ५२ रुपैयाँ सम्मको बोनस दर निर्धारण गरेको छ । यस्तै महालक्ष्मी जीवन हेरचार जीवन योजनामा ५० देखि ५१ रुपैयाँ बोनस दर कायम गरेको छ ।

के हो बोनस दर र कसरी वितरण गरिन्छ ?

बीमा कम्पनीहरुले हरेक वर्ष बीमित ग्राहकलाई दिने बोनस दरको घोषणा गर्ने गर्छन् । बोनस दर बीमा कम्पनीहरुले आफुले आर्जन गरेको कुल बीमांकको रकममा निर्भर रहने गर्छ । बोनस वितरण गर्दा मृत्यु दर,बीमा कम्पनीको खर्च र भविष्यमा तिर्नु पर्ने ब्याज जस्ता सम्पूणर् रकमहरु कटाएर वितरण गर्ने गरिन्छ । कम्पनीले प्राप्त गर्ने सबै पुँजी स्रोतमा तिर्नु पर्ने सम्पूणर् दायित्व घटाएर उब्रने रकम (सरप्लस) लाई नै बोनसको रुपमा वितरण गरिन्छ ।

बीमा कम्पनीले बर्षभरिमा संकलन गरेको बीमांक रकमको प्रतिहजारको दरमा बोनस घोषणा गर्ने गर्छन् । केही बीमा कम्पनीहरुले यो रकम बीमा अवधिमै वितरण गर्छन भने कतिपयले बीमा अवधिको समाप्ति पश्चात पनि प्रदान गर्छन् । बोनस दर हरेक वर्ष परिवर्तन हुन सक्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।