लगानीकर्ताको एक खर्ब खरानी बनाएर कहाँ भागे यी कम्पनी, यी कम्पनीको खोजी कसले गर्ला ?

Feb 28, 2021 07:40 PM Merolagani

सुवास निरौला

नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत कम्पनीहरूले लगानीकर्ताका करीब एक खर्ब रुपैयाँ डुबाएर बेपत्ता भएका छन्।कम्पनी नै बेपत्ता भएपछि लगानीकर्ताको सम्पूर्ण शेयर लगानी खरानी सरह भएको हो।

नेप्सेले सूचिकृत ४० कम्पनीको दोस्रो बजारको कारोबार रोक्का गरेको छ। केहीको हालै कारोबार रोकिएको छ भने केही कम्पनीको कारोबार रोकिएको बर्षौ भइसकेको छ। तर कारोबार रोकिएको बर्षौ बित्दा समेत कम्पनीहरूको सोध खोज हुन सकेको छैन। केही कम्पनीहरूको वास्तविक अवस्था थाहा नहुँदा लगानीकर्ताको खर्बौँ रुपैयाँ चुर्लुम्म डुबेको छ।

नेप्सेका अनुसार यति बेला ४० कम्पनीको शेयर कारोबार सस्पेण्ड गरिएको छ। ४० कम्पनीका १४ अर्ब ६४ करोड ९७ लाख ६७ हजार तीन सय रुपैयाँ बराबरका १४ करोड ६४ लाख ९७ हजार ६ सय ७३ कित्ता शेयर ससपेन्ड छन्। जसमा केही कम्पनी मर्जर,प्राप्ति कारण उनीहरूको कारोबार रोकिएको हो भने केही लामो समय देखि सम्पर्कमै नआएका कारण उनीहरूको कारोबार रोकिएको हो। कारोबार रोकिएका कम्पनीहरूको अन्तिम कारोबार मूल्य अनुसार उनीहरूको कुल पूँजीकरण ९९ अर्ब ७८ करोड पाँच लाख ८८ हजार पाँच सय ७१ रुपैयाँ रहेको छ। न्यूनतम चार रुपैयाँ देखि १६ हजार ६ सय ७० रुपैयाँ सम्ममा अन्तिम कारोबार भएको नेप्सेको भनाई छ।

कारोबार रोकिएका ४० कम्पनी मध्ये २३ कम्पनीको कारोबार पून सुचारु हुने सम्भावना रहेको छ। जसलाई ससपेन्ड भएका कम्पनीहरुको सूचिको ग्रिन जोनमा देखिएका छन्। ग्रिन जोनमा भएका कम्पनीमा लगानी रहेका कम्पनीको दोस्रो बजारमा कारोबार रोकिएको भएपनि तिनीहरूको पुन: कारोबार सुचारु हुन सक्ने सम्भावना छ। "ससपेन्ड भएका सबै कम्पनीको शेयर खराबै स्थितिमा पुगेको होइन। केही मर्जर, प्राप्तिका कारण सूचीकरण खारेज भएका हुन्। कुनै न कुनै अवस्थामा तिनमा भएको लगानी सुरक्षित नै छन्। उनीहरू मध्ये केही कारोबार मै आइसकेका छन् भने केही आउने प्रक्रियामा छन्" नेप्सेका एक उच्च अधिकारीले भने।

तर रेड जोनमा रहेका १७ कम्पनीको भने अस्तित्व नै धरापमा परेको अनुमान गरिएको छ। जसका कारण तिनीहरूमा भएको लगानी चुर्लुम्मै डुब्ने स्थितिमा छ। उनीहरूलाई बारम्बार ताकेता गर्दा नेप्सेले हैरानी ब्यहाेरेको जनाएको छ।"केहीँ कम्पनीलाई भने हामीले खोज्न सकेका छैनौ। उनीहरूलाई बर्षौ देखि पत्राचार गर्दै आएका छौ तर उनीहरू सम्पर्कमा आएका छैनन्। जसले तिनमा भएको लगानी जोखिमको अन्तिम बिन्दुमा छ" ती अधिकारीले भने।

बर्षौदेखि कारोबार पनि नहुने र सूचीकरणबाट समेत नहट्ने गरेका कारण लगानीकर्ताले कारोबार पुन: सुचारु हुने आशमा प्रमाण पत्र सुरक्षित नै राखेका छन्। लगानीकर्ता दिलीप श्रेष्ठले हरिसिद्धि ब्रिक्स एण्ड टायलको शेयरलाई फ्रेम नै गरेर राखेका बताएका छन्। उनले त्यसलाई पुन: कारोबार खुल्ने आशमा फ्रेम गरेर राखेका हुन्। श्रेष्ठ जस्तै धेरै लगानीकर्ताले ती शेयर अझै सुरक्षित नै राखेका छन्। तर सुरक्षित राखिएका ती कम्पनीहरूको रवैया हेर्दा ती कम्पनीहरूको सूचीकरण धेरै अघि नै खारेज भइसक्नु पर्ने अवस्था छ।

गत असारमै ती सबै कम्पनीहरूको अवस्थाका बारेमा नेप्सेले अध्ययन नै गरेको थियो। सम्पर्कमा नआएका कम्पनीहरूको सूचीकरण नै खारेज गर्नु पर्ने भन्दै सञ्चालक समितिमै उक्त प्रस्ताव पेस गरिएको थियो। तर एकै पटक त्यत्ति धेरै कम्पनीको सूचीकरण खारेज गर्दा बजारमा नकारात्मक सन्देश जान सक्ने भन्दै मर्जरमा गएको केही कम्पनीको मात्रै सूचिकरण खारेज गर्दै अन्य कम्पनीहरूलाई यथावतै राख्ने निर्णय गरिएको थियो।

सूचिकृत  कम्पनीहरूले लगानीकर्ताका खर्बौको सम्पत्ति डुबाएर हिँड्दा समेत ती लगानी के हुन्छ भनेर अझै भन्न सकिने अवस्था छैन। केही कम्पनी अझै अस्तित्वमै भएपनि उनीहरूको बारेमा गतिलो गरी अध्ययन नगर्दा ती कम्पनीमा गरिएको लगानी खरानी हुने अवस्थामा पुगेको हो। कारोबार रोकिएका केही कम्पनीका जाए जेथा बिक्री गरेर पनि कुनै निकास दिन सकिने अवस्था छ। हरिसिद्धि ब्रिक्स एण्ड टायलकै राम्रै जाएजेथा छ। तर नियामक र सरोकारवालाहरुले कडाइ गर्न नसक्दा ती कम्पनीहरूमा गरिएको लगानी खरानी हुन लागेको हो।

   

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।