हुलास स्टीलबाट नेपालमै पहिलो पटक नयाँ रुफिङ सिट गल्भाअलुमको उत्पादन तथा बिक्रि वितरण प्रारम्भ

Feb 28, 2021 07:06 PM Merolagani

हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडबाट (HSIL) नयां प्रकृतिको छाना छाउने कर्कटपाता गल्भाअलुम उत्पादनको शुरुवात गरेको छ र उद्योगले बजारमा गल्भाअलुम ड्युराकलरको ब्राण्डमा बिक्रि वितरण गर्ने जनाएको छ ।

गल्भाअलुम कर्कटपाता उत्पादन गर्दा कोल्डरोल्ड सिटमा ५५५ आल्मुनियम, ४३.५५ जिंक र १.५५ सिलिकन कोटिंग गरी उत्पादन गरिने भएको हुनाले साधारण ग्याल्भनाईज्ड कर्कटपाताको तुलनामा गल्भाअलुम कर्कटपातामा जंक प्रतिरोधि क्षमता ३ गुणा बढी हुने भएकोले गल्भाअलुम कर्कटपाताको टिकाउपन ३ गुणा बढी रहनेछ ।

गल्भाअलुम रंगीन कर्कटपाता हुलास ड्युराकलरको ब्राण्डमा उपलब्ध हुनेछ । नेपालमा पहिलो पटक अष्ट्रेलियन प्रविधिको कोटिंग प्रयोगमा ल्याईएको हुनाले कर्कटपाताको टिकाउपन ३ गुणा बढी रहनेछ ।

हुलास गल्भाअलुम र हुलास ड्युराकल कर्कटपाताहरु नेपाली बजारमा कम्पनी कै डिलरहरु, डिपो तथा शाखा कार्यालयहरुमा उपलब्ध हुनेछ ।

हुलास स्टील ले कालो पाईप, जि.आई.पाईप, ईलेक्ट्रीक पोल, सट्टर र डेकिंग प्रोफाईल्ससमेत उत्पादन गरी नेपाली बजारमा बिक्रि वितरण गर्ने गरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।