बिओकेको विशेष साधारण सभा आह्वान

Mar 01, 2021 08:06 AM Merolagani

बैंक अफ काठमाडौँ (बिओके) (BOKL) ले चैत ३ गते, मंगलबार विशेष साधारण सभा बोलाएको छ।

बैंकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा विशेष साधारण सभा डाकेको हो। सो सभा बिहान १० बजे शुरु भएको हो। सो सभामा भिडियो कन्फ्रेन्स (जुम मिटिङ्गं) मार्फत सहभागी हुन शेयरधनीहरुलाई जुम आईडि र पासकोड उपलब्ध गराउने व्यवस्था गरेको छ।

सभामा सर्वसाधारण शेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने, विशेष प्रस्तावहरुको संशोधनमा नेपाल राष्ट्र बैंक वा अन्य नियमन निकायहरुबाट कुनै थपघट वा संशोधन गर्न निर्देशन भएमा आवश्यक संशोधन तथा परिमार्जन गर्न सञ्चालक समिलिाई पूर्ण अख्तियारी दिने निर्णय पारित गरिनेछ।

विशेष साधारण सभा प्रयोजनार्थ बैंकले फागुन २३ गतेदेखि चैत ३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन २१ गते शुक्रबार र २२ गते शनिबार भएकोले फागुन २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।