गत आर्थिक वर्षको आर्थिक बृद्धिदर नकारात्मक

Mar 04, 2021 06:07 PM Merolagani

गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर नकारात्मक भएको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार गत आधार वर्ष २०१०/११ अनुसार गत आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर १.९९ प्रतिशतले नकारात्मक भएको छ।

सरकारले चालु आर्थिक वर्षमा २.२७ प्रतिशत आर्थिक बृद्धि हुने अनुमान गरेको थियो। तर केन्द्रिय बैंकले बिहीबार पत्रकार सम्मेलन गर्दै गत आर्थिक वर्षको आर्थिक बृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक भएको जनाएको छ।

तथ्याँक विभागका अनुसार आधार वर्ष परिवर्तन भएसँगै गत आर्थिक वर्षसम्ममा नेपालको कुल जीडीपी ३९ खर्ब ४३ अर्ब रुपैयाँ कायम भएको छ।

त्यसैगरी विभागले राष्ट्रिय लेखा तथ्याङ्कको गणना आधार वर्ष परिवर्तन गरेको छ। विभागले लेखा तथ्याङ्कको गणना गर्दा २०००/२००१ लाई प्रतिस्थापन गरी नयाँ आधार वर्ष कायम गरेको हो। अब सन् २०१०/२०११ को आधारमा विगत तथा आगामी वर्षहरूका स्थिर मूल्यमा गणना र मापन हुने छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।