२३ औं बार्षिक उत्सवमा बोल्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपाली आकाशमा इन्टरनेट चलाउन पाइने बिषयको बारेमा अध्ययन भइरहेको बताए ।
‘आईकाओको नीति अनुसार अनुमतिपत्र खुलाउने प्रक्रिया अगाडि बढाइरहेका छौं,’ खनालले भने, ‘त्यो सँगै १० हजार फिट माथि आकासमा विदेशी प्लेनमा इन्टरनेट चलाउन सकिने छ ।
यस अघि नेपाली आकाशमा इन्टरनेट चलाउन पाइने व्यवस्था र प्रविधि थिएन । अब भने अनुमति पत्र खुलाएरै सेवा दिने तयारी थालिएको हो ।