चार शहरमा फाइभजी परिक्षण गर्ने तयारी, सञ्चार मन्त्री गुरुङ् भन्छन‘ नयाँ प्रविधि भित्र्याउन हतार भइसक्यो’

Mar 04, 2021 05:17 PM Merolagani

सरकारले नेपालका चार शहरमा फाइभजी परिक्षण गर्ने गरी तयारी थालेको छ ।

फोरजी देशैभर नपुगेको अबस्थामा फाइभजी प्रविधि भित्र्याउन रोक्न नहुँने भन्दै नेपालका चार शहरबाट पहिलो चरणमा फाइबजी परिक्षण गरिने भएको हो ।

यो वर्ष भित्र नै फाइभजी सेवाको परीक्षण गर्न तयारी भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताएका छन् ।

सञ्चार मन्त्रालयका अनुसार काठमाडौं पोखरा, भैरहवा र विराटनगरमा पहिलो चरण फाइभजी परिक्षण हुने छन । मन्त्री गुरुङ्गले विश्वभर फाइभजी प्रविधिको प्रयोग बढिरहेको भन्दै विश्व बजारमा प्रतिस्पर्धा गर्नपनि फाइभजीमा जानुको विकल्प नभएको बताए ।

‘फोरजी नै कतिपय स्थानमा अपरेसनमा नआएको बेला फाइभजी किन भन्ने प्रश्न होला। तर विश्व प्रतिस्पर्धामा सकेपनि नसकेपनि दौडनै पर्दछ,’ मन्त्री गुरुङले भने ।

त्यसैगरि प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पनि फाइभजी सेवा प्रयोग गर्ने गरी स्पेक्ट्रम सुनिश्चित गर्ने बताए । उनले आगामी वर्ष नै सेवा प्रदायकहरुलाई फाइभजी फ्रिक्वेन्सी उपलब्ध गराउने बताए ।

नेपाल टेलिकमले यसअघि नै फाइभजी सेवा परीक्षणको लागि आफूहरु तयार रहेको बताउँदै आएको छ । त्यसैगरी प्राधिकरणले पनि फाइभजी  फ्रिक्वेन्सी खुला गर्नका लागि रेडियो फ्रिक्वेन्सी सेवा समितिमा सिफारिस गरिसकेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।