राष्ट्र बैंकले २ रुपैयाँका १० करोड थान सिक्का छाप्ने

Mar 04, 2021 06:30 PM Merolagani

नेपाल राष्ट्र बैंकले २ रुपैयाँका १० करोड थान सिक्का छाप्ने भएको छ । केन्द्रीय बैंकले उक्त सिक्का छाप्नका लागि बिहीबार बेलायतको द रोयल मिन्ट कम्पनीलाई आशयपत्र जारी गरेको छ ।

उक्त सिक्का छाप्नका लागि २७ करोड भन्दा बढी खर्च लाग्ने भएको छ । केन्द्रीय बैंकले २ रुपैयाँको एउटा सिक्का छाप्नका लागि करिव २ रुपैयाँ ७० पैसा खर्च लाग्ने अनुमान गरेको छ ।

यसअघि केन्द्रीय बैंकले १ रुपैयाँका सिक्का छाप्ने निणर्य गरेको थियो । १ रुपैयाँको एउटा सिक्का छाप्न पनि करिव २ रुपैयाँ ३५ पैसा लागेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।