माघसम्ममा वाणिज्य बैंकहरुको नाफा ३६ अर्ब नजिक, कसले कति कमाए?

Mar 07, 2021 12:09 PM Merolagani

चालु आर्थिक वर्षको माघ महिनासम्ममा वाणिज्य बैंकहरुले ३५ अर्ब ९५ करोड रुपैयाँ नाफा कमाएका छन्। केन्द्रिय बैंकको तथ्याङ्क अनुसार माघ महिनामा मात्रै वाणिज्य बैंकहरुले झण्डै पाँच अर्ब रुपैयाँ नाफा कमाएका छन्।

पुस अन्तिमसम्ममा ३० अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएका बैंकहरुकाे नाफा माघ अन्तिमसम्ममा १६.३० प्रतिशतले बढेको हो।

यस अवधिमा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै २ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको छ। पूँजीको आधारमा सबैभन्दा ठुलाे बैंक बनेको ग्लोबल पछिल्लाे समय सबैभन्दा धेरै नाफा कमाउने बैंकको रुपमा देखिएको छ। पुस मसान्तसम्ममा पनि वाणिज्य बैंकहरुमा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै नाफा कमाएको थियो।

त्यसैगरी, धेरै नाफा कमाउने बैंकको दोस्रो स्थानमा नबिल बैंक रहेको छ। उसले चालु आर्थिक वर्षको ७ महिनामा २ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

नेपाल इन्भेष्टमेन्ट बैंक र प्राइम बैंकले पनि यस अवधिमा २ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन्। केन्द्रिय कैंकको तथ्याङ्क अनुसार इन्भेष्टमेन्ट र प्राइम बैंकले यस अवधिमा क्रमशः २ अर्ब १२ करोड ६ लाख र २ अर्ब १२ करोड १४ लाख रुपैयाँ नाफा कमाएका छन्।

सिभिल बैंक भने सबैभन्दा कम नाफा कमाएकाे छ। यस अवधिमा सिभिलले २८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। पुस मसान्तसम्ममा १ अर्ब रुपैयाँभन्दा कम नाफा कमाउने बैंकहरुमा सिटिजन्स बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश बैंक, बैंक अफ काडमाण्डौ, स्ट्यान्डर्ड चाटर्ड बैंक, हिमालयन बैंक, एनसिसि बैंक, नेपाल एसबिआई बैंक, सेञ्चुरी बैंक र सिभिल बैंक रहेका छन्।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले यस अवधिमा १ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएको छ भने कृषि विकास बैंक र नेपाल बैंकले क्रमशः १ अर्ब ५२ करोड र १ अर्ब ५८ करोड रुपैयाँ नाफा कमाएका छन्।

  • हेराैँ कुन बैंककाे नाफा कति?

 स्राेतः नेपाल राष्ट्र बैंककाे मासिक विवरण

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।