अनलाइन प्रयोगकर्ता साढे ४ लाख नजिक, १२ दिनमा १८.३६ प्रतिशतले बढ्याे

Mar 05, 2021 01:17 PM Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले १२ दिनमा करिब ७० हजार अनलाईन प्रयोगकर्ता बढेको विवरण सार्वजनिक गरेको छ। नेप्सेले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो १२ दिनमा अनलाइन कारोबारको लागि युजर र पासवर्ड लिनेको संख्या ६९ हजार ९२ ले बढेको हो।

फागुन ९ गतेसम्म ३ लाख ७६ हजार २६१ अनलाइन प्रयोगकर्ता रहेकोमा फागुन २० गते ४ लाख ४५ हजार ५३५ पुगेको छ। यस अवधिमा मात्रै अनलाइन कारोबारको लागि युजर र पसवर्ड लिनेको संख्या १८.३६ प्रतिशतले बढको हो।

यस अवधिमा सगरमाथा सेक्युरिटीजको अनलाइन प्रयोगकर्ता सबैभन्दा धेरै ३१.३७ प्रतिशत बढेको छ। यस अघि ५९३ रहेको अनलाइन प्रयोगकर्ता बढेर ७७९ पुगेका छन्।

अनलाइन कारोबारको लागि सबैभन्दा धेरै युजर र पासवर्ड वितरण गर्नेमा भने नासा सेक्युरिटीज रहेको छ। फागुन ९ गते सम्ममा नासाले ३६ हजार ३२७ जनालाई अनलाइन कारोबारको लागि युजर र आईडी वितरण गरेको नेप्सेको तथ्यांक छ। पछिल्लो १२ दिनमा नासाबाट अनलाइन युजर र पासवर्ड लिनेको संख्या १५.३५ प्रतिशतले बढेर ४१ हजार ९०२ पुगको छ।

सक्रिय क्लाइन्ट बढाउनेमा पनि नासा सेक्युरिटीज नै रहेको छन्। यस अवधिमा नासाको सक्रिय क्लाइन्ट १२ प्रतिशतले बढेर ३१ हजार १८४ पुगेको छ।

दोस्रो बजारमा कारोबार गर्ने सक्रिय लगानीकर्ताहरुको संख्या पनि ६ लाख नजिक पुगेको छ। नेप्सेले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल सक्रिय लगानीकर्ताहरुको संख्या ५ लाख ९४ हजार ८७९ पुगेकाे छ। पछिल्लो १२ दिनमा सक्रिय लगानीकर्ताको संख्या भने ८.०८ प्रतिशत अर्थात ४४ हजार ७४० जना बढेका छन्।

सबैभन्दा धेरै सक्रिय क्लाइन्ट पनि नासा सेक्युरिटीजमै रहेका छन्। नाशाको ३१ हजार १८४ सकृय क्लाइन्ट रहेका छन्। यस्तै दिपशिखाको ३० हजार ९०५, इम्पेरियल सक्युरिटीजको २५ हजार २१४, सनी सेक्युरिटीज २४ हजार ११३, मिदास स्टकको २१ हजार ४८४, अनलाईन सेक्युरिटिजको २० हजार ३८५ क्लाइन्टहरु छन्।

सबैभन्दा कम क्लाइन्ट भने सगरमाथा सेक्युरिटिजको रहेको छ। सगरमाथा ७७९ अनलाईन क्लायन्ट र ४ हजार २० सक्रिय क्लाइन्ट रहेका छन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।