साताकाे पहिलाे दिन सुनको मूल्य बढ्याे, चाँदी भने स्थिर

Mar 07, 2021 12:13 PM Merolagani

साताकाे पहिलाे दिन सुनको मूल्य वृद्धि भएको छ। फागुन २३ गते, आइतबार सुन तोलामा ५०० रुपैयाँले बढेको हाे। गत साताकाे अन्तिम काराेबार दिन २०७७ कै सस्ताे मूल्यमा काराेबार भएकाे सुनकाे मूल्य आज उकालाे लागेकाे हाे। यद्यपी यस दिनको मूल्य पनि २०७७ लागेयताकै कम मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ८६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। गत साताको अन्तिम कारोबार दिन सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला ८५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन तेजाबी सुन प्रतितोला ८५ हजार ६५० रुपैयाँमा किनबेच भइरहेकाे छ।

आइतबार चाँदीको भाउ स्थिर रहेको छ। आज चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघको तथ्यांकले देखाउँछ। शुक्रबार चाँदी तोलामा ३५ रुपैयाँले गिरावट भएर आजकै मूल्यमा किनबेच भएको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।