आकर्षक डिजाइन र फिचर सहित नेपाली बजारमा भित्रियो अप्रिलिया एसएक्सआर १६०, कति पर्छ मूल्य ?

Mar 07, 2021 02:56 PM Merolagani

नेपाली स्कुटर बजारमा आकर्षक डिजाइन र फिचर सहित नयाँ प्रतिस्पर्धी थपिएको छ । नेपाली बजारमा फरक लुक्सका साथ अप्रिलिया एसएक्सआर १६० भित्रिएको हो ।

अप्रिलिया तथा भेस्पा स्कुटरको नेपालका लागि अधिकारीक वितरक एमभी दुगड ग्रुपले आइतबार अप्रिलिया एसएक्सआर १६० सार्वजनिक गरेको छ ।

पावरफुल इन्जिन र नयाँ लुक्समा नेपाली बजारमा प्रवेश पाएको यो प्रीमियम स्कुटर हो । नयाँ ग्लोबाल डिजाइन समावेश गरेको कम्पनीको भनाई छ ।

सिग्ल सिलिन्डर,४ स्ट्रक, एयर कूल्ड, ३ भल्भ फिउनल इन्जेक्शन एफ (आई), कार्वन इमिसन ईन्जिन टेक्नोलाेजी एसएक्सआर १६०ले ७१०० आरपीएममा ११ पीएसको पीक पावर उत्पादन गर्छ ।

स्कुटर १२ भोल्ट, ५.० एएच.एमएफ व्याट्रीको साथ ७ लिटर इन्धन क्षमता रहेको छ ।

 

स्कुटर सार्वजनिक गर्दै पियाजिओ भारतका अध्यक्ष डिएगो ग्राफीले भने ‘उत्कृष्ट पर्फमेन्स, फरक बिशेषताले नै अप्रिलिया एसएक्सआर १६० बिशेष गरी इटालीमा डिजाइन गरिएको हो’ उनले भने ‘यो स्कुटरले नेपालको नेपाली प्रीमियम दुई पाँग्रे बजारमा उत्कृष्ट प्रदर्शन गर्ने छ।

त्यस्तै एमभी दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगडले पियाजियो ग्रुपसँग साझेदार गर्दै विश्वस्तरीय भेस्पा र अप्रिलियाका प्रीमियम उत्पादन बिक्री वितरणले नेपाली युवाको मन जित्ने बताए ।

कम्पनीले रातो, कालो, सेतो र निलो रङकाे यो स्कुटरलाई नेपाली बजारमा उतारेको छ । नेपालका लागि कम्पनीले अप्रिलिया एसएक्सआर १६० को मुल्य ४ लाख ९ हजार ९ सय रुपैयाँ तोकेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।