कम्पनीको शेयरमूल्यसँगै एलन मस्कको सम्पत्ति एक सातामा २७ अर्ब डलरले घट्याे

Mar 07, 2021 02:45 PM Merolagani

गत साताको सोमबारदेखि शनिबारसम्ममा टेस्लाका सिइओ एलम मस्कलाई २७ अर्ब डलरको घाटा भएको छ । कम्पनीको शेयरमूल्यमा भारी गिरावट हुँदा मस्कलाई नोक्सानी भएको हो ।

एलन मस्कले गत वर्ष सबैभन्दा तीव्र गतिमा धन कमाउनेमा रेकर्ड कायम गरेका थिए । तर अहिले समय उल्टो भएको छ । उनले तीव्रताका साथ आफ्नो धन पनि गुमाउँदै गएका छन् ।

टेस्लाको शेयर धमाधम बिक्री हुँदै

टेस्लाको शेयर हाल धमाधम बिक्री हुँदैछ । यद्यपि उनी अझै पनि ब्लूमबर्गको अर्बपतिहरुको सूचिमा सर्वाधिक दोश्रो धनाढ्य व्यापारीमा पर्दछन् । उनको नेटवर्थ १५६.९ अर्ब डलर रहेको छ । विश्वको सबैभन्दा धनी व्यापारी एमेजनका जेफ बेजोसभन्दा उनी २० अर्ब डलर पछि छन् । अर्थात् मस्कको शेयरमूल्य नघटेमा उनी पहिलो धनाढ्यको स्थानमा हुने थिए ।

गत वर्ष ७.४३ गुणाले बढेको थियो शेयर

सन् २०२० मा टेस्लाको शेयरमा ७४३ प्रतिशतले वृद्धि भएको थियो । त्यसपछि मस्कको सम्पत्ति बढ्दै गएको हो । नयाँ वर्षमा उनलाई थप नाफा भएको थियो । जनवरीमा उनले बेजोसलाई पछि पार्दै विश्वकै सर्वाधिक धनाढ्य व्यक्तिको स्थान पाए । विश्वका सबैभन्दा ५०० धनीको एक श्रेणी अनुसार एक महिनामा नै उनको कुल सम्पत्ति २१० अर्ब डलरसम्म पुगेर थप बुलन्द भएको थियाे ।

लगानीकर्ता पनि थिए खुशी

हरेक त्रैमासमा निरन्तर नाफा कमाउने र शेयरमूल्यमा बढोत्तरीका कारण खुद्रा लगानीकर्ताहरु पनि खुशी भएका थिए । तर जुन गतिमा मस्क अघि बढे, त्यसमा कैयन् समस्या र चुनौतीहरु देखा परे । अमेरिकाको नेस्डेक १०० सूचक शुक्रबार लगातार तेश्रो हप्तासम्म झरेर बन्द भएको थियो । यस्तो गिरावट लामो समयपछि लगातार देखिएको हो ।

बिटक्वाईनमा बेट

बिटक्वाईनमा मस्कको कारोबार पनि तल माथि गर्दै अस्थिर देखिएको छ । हालसालै बिटक्वाईनको मूल्यका साथमा उनको नेटवर्थ बढ्ने र घट्ने गरिरहेको छ । टेस्लाले पछिल्लो महिना उसको ब्यालेन्सशिटमा क्रिप्टोकरेन्सीको १.५ अर्ब डलरको आम्दानी भएको सार्वजनिक गरेको थियो । यसको दुई सातापछि मस्कको सम्पत्तिमा १५ अर्ब डलरको झट्का लागेको थियो । यसपछि उनले ट्वीटरमा बिटक्वाईन र अन्य क्रिप्टोकरेन्सीको मूल्य उच्च रहेको लेखेका थिए ।

विश्वका कैयौं धनाढ्यहरु भए हैरान

अत्याधिक उतारचढावका कारण यस वर्ष विश्वका धेरै धनी व्यक्तिहरु हैरान भएका छन् । बोतलको पानी बेच्ने एशियाकै सर्वाधिक धनी व्यक्ति चीनका झेंग शांशानले केहि दिनमा नै २२ अर्ब डलर भन्दा धेरै गुमाउनुपर्यो । जसकारण गत महिना भारतका अर्बपति मुकेश अम्बानीले उनको स्थान लिएका छन् ।

(एजेन्सीकाे सहयाेगमा ।)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।