तीन कम्पनीको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन

Mar 22, 2021 09:27 AM Merolagani

दुई माइक्रोफाइनान्स सहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने चैत ९ गते सोमबार अन्तिम दिन रहेको छ।

डिप्रोक्स लघुवित्त, महुली लघुवित्त र संग्रिला डेभलपमेन्ट बैंकले लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि मंगलबारबाट बुकक्लोज गर्ने भएकोले सोमबारसम्म कायम शेयरधननीहरुले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन्।

डिप्रोक्स लघुवित्तले १५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश समेत गरि कुल २० प्रतिशत वितरण गर्न चैत २० गते, शुक्रबार होटल मोनालिसा, सौराहा,चितवनमा १९औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

त्यस्तै महुली लघुवित्त वित्तीय संस्थाले पूँजी १८ करोड ६६ लाख २० हजार रुपैयाँको २० प्रतिशतले हुन आउने ३ करोड ७३ लाख २४ हजार रुपैयाँ बराबरको बोनस र कर प्रयोजनको लागि १।०५ प्रतिशतले हुन आउने १९ लाख ५९ हजार ५१० रुपैयाँ नगद लाभांश वितरण गर्न चैत २५ गते बुधबार विहान ११ बजे केन्द्रिय कार्यालय महुली,सप्तरीमा ८ औं वार्षिक साधारण सभा बोलाएको छ।

सांग्रीला डेभलपमेन्ट बैंकले पनि चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०।२६३२ प्रतिशत नगद लाभांश वितरण गर्न चैत २३ गते, लैनचौर ब्याङ्क्वेट, लैनचौरमा सोह्रौँ वार्षिक साधारण सभा डाकेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।