प्रिमियम इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Mar 23, 2021 09:08 AM Merolagani

चैत १० गते, मंगलबार, प्रिमियम इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात चैत ११ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

इन्स्योरेन्सले चुक्ता पूँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँको ११.५ प्रतिशत अर्थात ११ करोड ८७ लाख ६७ हजार १५८ रुपैयाँ (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २३ गते २७ औं वार्षिक साधारण सभा बोलाएको छ। सो सभा कम्पनीको केन्द्रिय कार्यालय नक्सालमा बिहान ११ बजे शुरु हुनेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।