दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Mar 31, 2021 09:17 AM Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत दुई कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज (चैत १८ गते) अन्तिम दिन रहेको छ।

 सूर्योदय लघुवित्त र सारथी नेपाल लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात चैत १९ गते बुकक्लोज गर्दैछन्। सोही कारण यी लघुवित्तहरुको लाभांश प्राप्त गर्न आजसम्म शेयरधनी कायम हुनुपर्नेछ।

सूर्योदय लघुवित्त (SLBS) ले चैत ३१ गते, मंगलबार, पुतलीबजार नगरपालिका वडा नं. ३, स्याङ्जा (सहयात्री पार्टी प्यालेस, गुडिखोला) मा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ८ बजे शुरु हुनेछ।

सभाले असार मसान्तसम्म कायम चुक्ता पूँजीको १५.३४ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने तथा सोको कर प्रयोजनार्थ ०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, सभाले सर्वसाधारण तर्फको हिस्सा बढाई ३० प्रतिशत पुर्याउन पुनः सर्वसाधारणमा शेयर ९एफपीओ० निष्काशन गर्ने, अन्य उपयुक्त लघुवित्त वित्तीय वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यसैगरी, सारथी नेपाल लघुवित्त (SNLB) ले बैशाख ३ गते शुक्रबार, होटल अरनिको, धुलिखेलमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट मर्जरपश्चात हाल कायम चुक्ता पूँजीको ८.१३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्दैछ। यसका साथै, सभाले एफपिओ निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।