कालिकाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Apr 01, 2021 09:09 AM Merolagani

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड (KMCDB) ले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज (चैत १९ गते) अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत २२ गते बुकक्लोज गर्दैछ।

चैत २० गते शुक्रबार र चैत २१ गते शनिबार कारोबार नहुने भएकोले लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न आजसम्म शेयरधनी कायम हुनुपर्नेछ।

लघुवित्तले २०७८ बैशाख ७ गते होटल टास्क इन्टरनेशनल प्रा.लि.को सभाहल, पोखरामा दशौँ र एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ८ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै लघुवित्तको शेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५४.५२ प्रतशित र सर्वसाधारण समूहको ४५.४८ प्रतिशत काय गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली सशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ। सभामा सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन पनि हुनेछ।

हाल लघुवित्तको चुक्ता पूँजी २५ करोड २३ लाख ३० हजार रुपैयाँ रहेको छ। १० प्रतिशतका दरले २ करोड ५२ लाख ३३ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २७ करोड ७५ लाख ६३ हजार रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।