बजारको तरलताभन्दा आफ्नै स्ट्राटेजीमा चल्न थाले बैंक, तरलता घट्दो क्रममा भएपनि बैंककाे अवस्था अनुसार ब्याजदर परिवर्तन गर्दै

Apr 14, 2021 02:26 PM Merolagani

रबिन पाैडेल

बैंकहरुले बजारको तरलता भन्दा पनि आफ्नो बैंकको बिजनेस हेरेर ब्याजदर परिवर्तन गर्न थालेका छन्। बैशाखदेखि लागु हुनेगरी प्रकाशित गरिएको बचत तथा कर्जाको ब्याजदरमा केहि बैंकले निक्षेपको ब्याजदर बढाएका छन भने केहिले घटाएका छन्। केहि बैंकको ब्याजदर भने स्थिर छ।

गत वर्षहरुमा पुस माघ महिनामा सरकारको खर्च बढ्न नसक्दा बैंकिङ्ग प्रणलीमा तरलताको कमी हुने गरेको थियो। उक्त समयमा सबै बैंकले निक्षेप तान्नको लागि मुद्दति निक्षेप तथा बचतको ब्याजदर एकैचोटि बढाउने गरेका थिए। एकले भन्दा अर्को बैंकले धेरै ब्याजदर दिने गरी सूचना जारी गर्न थालेपछि बैकहरुले निश्चित प्रतिशतभन्दा बढी ब्याज दिन नपाउने गरी भद्र सहमति नै गरैका थिए। तर अहिले भने बैंकहरुले आ-आफ्नै स्ट्राटेजी अपनाउन थालेका छन्।

चैतमा ब्याजदर बढाएका अधिकाँश बैंकले अहिले ब्याजदर घटाएका छन्। चैतमा ब्याजदर बढाउने नविल,सानिमा लगाएतकाे बैंकले अहिले ब्याजदर घटाएकाे देखिन्छ। लगानीयोग्य रकम रहेका बैंकहरुले निक्षेपको ब्याजदर थप घटाएका छन् भने लगानीयोग्य रकम कम रहेका बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छन्।

सोमबार सम्मको तथ्याँक हेर्दा अहिले बैंकिङ्ग प्रणालीमा ३४ अर्ब रुपैयाँ तरलता रहेको केन्द्रिय बैंकले जनाएको छ। अन्तरबैंक ब्याजदर पनि ३ प्रतिशतभन्दा माथि गएको अवस्था छ। तर धेरै बैंहरुले भने निक्षेपको ब्याजदर घटाएर नयाँ ब्याजदरसम्बन्धि सूचना प्रकाशित गरेका छ।

बैंकहरु अहिले बजारको तरलता भन्दा पनि आफ्नो बैंकको अवस्था र स्ट्राटेजी अनुसार अघि बढ्न थालेको बैंकहरहरु बताउछन्। हिजो अस्तिको अवस्था सबै एकैनास चल्थे तर अहिले त्यस्तो अवस्था छैन्। "अहिलेको अवस्थामा बैंकहरुको आ-आफ्नो स्ट्राटेजी हो।" नविल बैंकका डिजिएम मनोज ज्ञवली भन्छन् "अहिलेको अवस्थामा तरलतासँग टाइअप गर्नुपर्ने आवश्यकता छैन्। बैंकहरुले आफ्नो इन्डिभिजुअल आवश्यकता अनुसार व्यवहार गर्न खोजेको भन्दा ठिक होला जस्तो लाग्छ।"

बैंशाखदेखि लागु हुनेगरी नयाँ ब्याजदर सार्वजानिक गर्ने बैंहकरुमा अधिकाँशले ब्याजदर स्थिर राखेका छन् भने केहि बैंकले घटबढ गरेका छन्। नविल बैंकले साधारण बचत र मुद्धति निक्षेप दुबैको ब्याजदर घटाएर नयाँ ब्याजदर सार्वजानिक गरेको छ। बैंकले चैत महिनाको तुलनामा १ प्रतिशतले ब्याजदर घटाएको छ। चैतसम्म्मा साधारण बचतमा न्युनतम २.५१ प्रतिशत देखि अधिकतम ४.५१ प्रतिशत ब्याजदर दिँदै आएको बैंकले बैंशाखदेखि भने न्युनतम १.५१ प्रतिशतदेखि अधिकतम ३.५१ सम्म ब्याज दिने जनाएको छ। त्यसैगरी बैंकले मुद्दति निक्षेपको ब्याजदर पनि ७.५१ प्रतिशतबाट घटाएर ६.५१ प्रतिशत झारेको छ। बैंकले चैतमा नै सामान्य ब्याजदर बढाएको र अहिले बैंकसँग पर्याप्त लगानीयोग्य रकम रहेको करण ब्याजदर केहि घटाएको बैंकले जनाएको छ।

त्यस्तै मेगा बैंकले पनि साधारण बचर र मुद्दति दुबैमा ब्याजदर घटाएको छ।बैंकले साधारण बचतमा न्युनतम ३.५ प्रतिशतदेखि ५.५ प्रतिशतसम्म ब्याज दिँदै आएकोमा बैंशाखदेखि १.७५ प्रतिशतदेखि ३.५ प्रतिशत सम्म मात्रै ब्याज दिने भएको छ। बैंकले लामो समयको मुद्दति निक्षेपको ब्याजदर पनि घटाएको छ। ६ महिनाभन्दा बढीको मुद्दतिमा ७.२५ प्रतिशतसम्म ब्याज दिँदै आएकोमा सो ब्याजदर घटाएर ६.७५ प्रतिशतमा झारेको छ। तीन महिनादेखि ५ महिनासम्म्को मुद्दति निक्षेपको ब्याजदर भने ०.२५ प्रतिशतले बढाएको छ।

एनएमबि बैंकले पनि १ प्रतिशतकै हाराहारीमा ब्याजदर घटाएको छ। उसले २ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर ८ प्रतिशतबाट ७ प्रतिशतमा झारेको छ। भने ६ महिनाभन्दा माथिकाे निक्षेपमा ६.२५ प्रतिशत ब्याजदर दिने जनाएको छ।

यता माछापुच्छ्रे बैंक, प्रभु बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंकल, एनसीसी, नेपाल बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक लगयायतका बैंकहरुले भने ब्याजदर यथावत राखेको छ।
केहि बेंकले ब्याजदर बढाएका पनि छन्। नेपाल इन्भेष्टमेन्ट बैंकले ३ महिनादेखि ५ महिनासम्म अवधिको मुद्दति निक्षेपको ब्याजदर ४.७५ प्रतिशतबाट बढाएर ६ प्रतिशत पुर्याएको छ भने ६ महिनादेखि १ वर्षसम्म्को ब्याजदर ६.५० प्रतिशतबाट बढाएर ६.७५ प्रतिशत कायम गरेको छ। त्यस्तै १ वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपमा भने बैंकले ७.२५ प्रतिशत ब्याजदर दिने जनाएको छ।

कुमारी बैंकले पनि लामो अवधिको मुद्दति निक्षेपमा भने ब्याजदर केहि बढाएको छ। उसले ६ महिनाभन्दा बढी अवधिको मुद्दति निक्षेपको ब्याजदर ०.२५ प्रतिशतले बढाएको छ।

बैंक अफ काठमाण्डूले पनि साधारण बचत र मुद्दतिमा १ प्रतिशतको हाराहारीमा ब्याजदर बढाएको छ भने नेपाल एसबीआइ बैंकले पनि साधारण बचतमा १ प्रतिशतको हाराहारीमा ब्याजदर बढाएको छ भने मुद्दतिमा पनि ०.५ प्रतिशतले ब्याजदर बढाएको छ। प्राइम कमर्शियल बैंकले पनि ब्याजदर सामान्य बढाएको छ भने एनआइसि एशिया बैंकले पनि मुद्दति निक्षेपको ब्याजदर ७.१० प्रतिशतबाट बढाएर ८.२५ प्रतिशत पुर्याएको छ।

अहिलेको ब्याजदर घट्नु बढ्नु बैंकहरुमा निक्षेप र कर्जाको डिमान्ड र सप्लाइमा भर पर्ने बैंकरहरु बताउछन्। लगानीयोग्य रकम रहेका बैंकले ब्याजदर घटाउने र लगानीयोग्य रकम रहेको बैंकले ब्याजदर बढाउने बैंकर मनोज ज्ञवली बताउछन्। "कसको रिक्वायरमेन्ट के छ भन्ने कुरामा भर पर्छ।" उनले भने "पछिल्लो ३-४ वर्ष यता सबैको एकनास हुन थालेकोले हामिलाई भ्रम भएको हो। सबै बैकले एकैनास गर्नुपर्छ भन्ने छैन। हामीले चैतमा बढाएका थियौ। त्यतिबेला हामीलाई निक्षेपको आवश्यकता थियो। तर अहिले केहि बढाएका छौ।"

मार्केटको लिक्वीडिटि के छ भन्दा पनि आफ्नो बैंकको स्ट्राटेजीमा बैंकहरु चलेको उनको भनाइ छ। बजारमा तरलता कम भयो भन्ने पनि सुनिन्छ तर २ खर्बको तरलता घटेर ३५ अर्बमा झरेको मात्रै हो। यो पनि अहिलेको लागि पर्याप्त तरलता हुने उनी बताउछन्। 

बैंकर्स एशोशियसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा पनि बैंकहरुले आफ्नौ स्ट्राटेजी अनुसार अघि बढेको बताउछन्। बैंकहरुले स्प्रेड मेन्टेन गर्नुपर्ने कारणले पनि ब्याजदरमा घटबढ गरेको उनको भनाइ छ। "कसैले मुद्दतिको बढाएर साधारणको बढाएका छन भने कसैले साधारणको घटाएर मुद्दतिको बढाएका छन्।
र्बैंकहरुले आफ्नो स्ट्राटेजी अनुसार नै अघि बढेका छन्" उनले भने "असर सम्म पनि लगानीयोग्य रकम हुनेहरुलाई केहि चिन्ता भएर तर लगानीयोग्य रकम केहि कम भएकाहरुले केहि बढाएका हुन्।"

जेठ पश्चात सरकारको खर्च पनि बढ्ने र सो अवधिमा बैंकमा पर्याप्त तरलता हुने हुँदा पनि बैंकहरुले निक्षेपको ब्याजदर बढाउन नचाहेको देखिन्छ। बैशाख १ महिना अलि असहज भए पनि जेठदेखि तरलता सहज हुने उनीहरुको आँकलन छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।